You are here
Home > Front News > मधेसमा न्यायो बाड्दैं मन्त्री पोखरेल

मधेसमा न्यायो बाड्दैं मन्त्री पोखरेल

२६ पुष २०७४, बुधबार १७:३५

महोत्तरी, २६ पुस
चिसोबाट प्रभावित मधेसका जनतालाई बिना बिभागिय मन्त्री गिरिराजमणी पोखरेलले न्यानो सामाग्री प्रदान गर्नुभएको छ ।
अत्याधिक चिसोबढेपछी महोत्तरी पुगेर मन्त्री पोखरेलले चिसोबाट बच्न मधेसका आम जनतालाई अनुरोध गर्नुभएको छ । तातो कुरा खानुस, न्यानोमा बस्नुस महोत्तरी जिल्लाको गौंशलामा आयोजित एक कार्यक्रममा पोखरेलले भन्नुभयो ः आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै बिषेशगरी साँझ बिहान चिसोबाट बच्नुस ।


महोत्तरी जिल्लाको गौंशला नगर पालिका अन्र्तगतका बिभिन्न वडाका शितलहरबाट प्रभावित अति बिपन्न परिवारलाई एक कार्यक्रमका बिच मन्त्री पोखरेलले न्यानो कपडा, कम्बल, म्याट, ब्यालङ्केट लगायतका न्यानो सामाग्री प्रदान गर्नुभएको छ ।
शितलहरका कारणले प्रभावित दलित, बिपन्न बर्गका परिवारलाई बर्दीबास र गौंशला नगर पालिकाको संयोजनमा राहत बितरण शुरु गरिएको जानकारी दिदैं पोखरेलले बामपंथीहरु सधैं जनताको सुखदुखमा संगैं रहेको बताउनुभयो ।
अहिले शितलहरको बेला राहत बितरण गरौं, पोखरेलले भन्नुभयो ः अर्को बर्ष गरिबीको रेखामुनी भएका नागरिकहरुको आय स्तर माथी उठ्नेगरी उत्पादनको क्षेत्रको योजना बनाएर काम गर्नुपर्छ । दान र सहयोगमा मात्र निर्भर हुनुहुन्न पोखरेलले भन्नुभयो ः यस्लाई मुक्त गर्न कामको योजना बनाउनुपर्छ ।


महोत्तरी जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर एक बाट बिजयी पोखरेलले बिपतको बेला हुनेले नहुनेलाई सहयोग गर्नुपर्ने बताउँदैं चिसोबाट बच्न र बचाउन सबैंले सहकार्य गर्नुपर्छ भन्नुभयो ।
मधेका जनता चिसोबाट प्रभावित हुँदा आफु काठमाण्डौं बस्न नसकेको बताउँदैं पोखरेल भन्नुभयो ः तपाईहरुका समस्या बुझेको छु । मैले सक्ने पहल गर्छु ।
गौंशला नगर पालिकाको संयोजनमा भएको कार्यक्रममा चिसोबाट प्रभावित परिवारलाई न्यानो सामाग्री प्रदान गरिएको थियो ।
यस अघि महोत्तरी जिल्लाको क्षेत्र नम्बर एक अन्र्तगत कैं बर्दीबास नगरपालिकाले पनि चिसोबाट प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरिएको बर्दिबास नगर पालिकाका मेयर बिदुर कार्कीले जानकारी दिनुभयो ।
बामपंथीहरुले जितेपछी उदाहरणीयकामको शुरुवात गरिएको गौंशला नगर पालिकाका मेयर शिवनाथ महतोले बताउनुभयो ।