You are here
Home > Front News > प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताएका छन्।

प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताएका छन्।

२७ पुष २०७४, बिहीबार २०:२१

अदालतको अवहेलना मुद्दामा प्रकाउ परी बुधबार साधारण तारेखमा छुटेपछि आज प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा डा केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पारेका हुन्।

अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ, उनले विज्ञप्तिमा भन्नुभएको छ,’प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उहाँलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु।’

 

छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै डा केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने बताए।

 

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन शुरु गरेका थिए।