You are here
Home > कला > खाेई कहाँ छ ?

खाेई कहाँ छ ?

१७ पुष २०७४, सोमबार १३:२२

देबि प्रशाद ढकाल 

खै काहाँ छ
हाम्रो रास्ट्र्बाद?
हामी खोजी रहेछौ
हाम्रो रास्ट्रबाद

टोपिमा छ कि धोतिमा
चोलिमा छ कि फारियामा
लुङिमा छ कि हाकु पट्टासिमा
कि छ पो दौरा सुरुवालमा

उफ !हामी खोजी रहेछौ
हाम्रो रास्ट्र्बाद
भातमा छ कि ढिडोमा
रोटि मा छ कि बेटिमा

काहा हुन्छ रास्ट्र्बाद
बस्छ काहाँ रास्ट्रबाद
हो सत्य धरोधर्म
हामी खोजी रहेछौ रास्ट्र्बाद

खुट्टामा हुन्छ कि तिघ्रामा
पाखुरामा हुन्छ कि दिमागमा
हावा मा हुन्छ मानिसमा
मान्छेमा हुन्छ कि माटोमा???