You are here
Home > Front News > लोप भईसकेको अनौठो खेल

लोप भईसकेको अनौठो खेल

३० पुष २०७४, आईतवार ११:०६

रुकुम जिल्लाको पुर्बी क्षेत्रमा एउटा अनौठो परम्परागत खेल ओझेलमा परेको छ । ४ दशक पहिलेसम्म अत्यान्तै लोकप्रिय खेल मानिने यो बलजाँच खेल अहिले लोप भैसकेको छ ।

रुकुमको तकसेर गाँउमा यो खेल परापुर्व कालदेखी घर गोठ वा यस्तै केही संरचना बनाउँदा छिमेकीहरु आपसमा मिलेर गराउने प्रचलन निक्कै चलेको थियो । अहिलेपनि केही बस्तीमा यस्तो चलन कायमै भएको स्थानीय बुढापाकाहरु बताउछन । त्यसमध्ये काठमा बोक्ने परम्पराको महत्व अझै भिन्न छ ।

स्थानीय जानाकारहरुका अनुसार घर बनाउदाँ त्यस क्रममा जग खन्ने, गारो लगाउने जस्ता काम पाका र अनुभवीको जिम्मामा पर्छ भने गहु्रँगो भारी बोक्ने काम युवकयुवतीले गर्नुपछ भन्ने मान्यता छ । काठ ल्याउने काम घर बनाउने स्थानभन्दा धेरै टाढा रहेकाले काठ ल्याउने काममा १७ देखी २२ बर्ष उमेरका युवकयुवती खटिन्छन् ।

झण्डै ४ दशक पहिलेसम्म यहि काठ बोक्ने क्रममा खेलिने एउटा खेल सो क्षेत्रमा निक्कै लोकप्रिय थियो । यसरी काठ बोक्ने क्रममा युवकयुवतीबीच दलिन बोकेर आधा बाटोमा आइपुग्दा हुने बलजाँच खेल सो क्षेत्रमा निक्कै लोकप्रिय मानिन्थ्यो ।

डोरीले एक भागमा दलिन बोकेर थाकेका युवती र अर्को भागमा युवकलाई बाँध्ने र बलजाँच खेल्ने चलन छ । अहिलेपनि यदाकदा खेलिने यो खेलमा जित्नेले सित्तैमा खाजा खान पाउने र हार्नेले खाजा खुवाउनुपर्ने चलन छ ।