काठमाडौं |

चलचित्र ‘लालपुर्जा’मा अभिनेता बिपिन कार्की र अभिनेत्री मेनुका प्रधान चर्चामा देखिएका छन् । उनीहरु चलचित्रको मुख्य कलाकार पनि होइनन तर पनि दर्शकको नजरमा उनीहरुको चर्चाले मुख्य कलाकार शोगात मल्ल र मेरुना मगरलाई छायाँमा पारेका छन् ।

माघ ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘लालपुर्जा’ कार्की र प्रधानलाई पछिल्लो समय नेपाली सिने नगरीमा नाम र दाम कमाउने कलाकार मध्य अगाडी छन्।

बिपिन कार्की र मेनुका प्रधानको जीवन्त अभिनयको कारणपनि युवा जमातमा रुचाउने जमात ठुलो छ । दुवैले अभिनयको सुरुवात रंगमञ्चबाट गरेका हुन् ।

हरेक चलचित्रमा फरक भूमिकामा देख्न रुचाउने विपिनलाई चलचित्र ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ले अझ चर्चामा ल्यायो । त्यस लगतै चलचित्र ‘जात्रा’मा उनले गरेको अभिनयले वाहवाही पाएको थियो । यता मेनुका पनि प्रत्येक चलचित्रमा फरक भूमिकामा गर्ने रुचाउन्छिन् । तर जब गायक हेमन्त रानाको ‘साइली’ गीत सार्वजनिक भयो । मेनुकाको परिचय पनि साइलीमा परिणत भएको थियो ।

लामो समय देखि एकअर्कासँग परिचित विपिन र मेनुकाले भने पहिलो पटक चलचित्र ‘लालपुर्जा’मा काम गरेका छन् । ‘मेनुकाको नाटकहरू हेरेको छु । उनीसँग काम गर्ने मन थियो ।’ विपिन भन्छन् । यता विपिनलाई दाइ भनेर बोलाउने मेनुका भन्छिन् ‘सुरुवाती दिनबाट नै विपिन दाइको काम गर्ने शैलीबाट प्रभावित भएको थिए ।

अहिले एकसाथ काम गर्ने मौका जुरेको छ । ’ चलचित्र ‘लालपुर्जा’मा यी दुई कलाकार श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । ‘चलचित्रमा हामी दुईको धेरै सिन छैन । तर थोरैमा पनि सम्झन लायक भूमिका रहेको छ ।