You are here
Home > Front News > आफनै पुर्ब प्रस्ताव बिपरित सरकार ,डिपि ! नेता भन्दा जग्गा दलाललाई सर्कस

आफनै पुर्ब प्रस्ताव बिपरित सरकार ,डिपि ! नेता भन्दा जग्गा दलाललाई सर्कस

४ माघ २०७४, बिहीबार ०९:३०

हिजाे बसकाे मन्त्री परिषद बैठकले तिन नं प्रदेसकाे अस्थायी केन्र्द र प्रदेस प्रमुख सहित हेटाैडामा ताेकेपछि भक्तपुर खैलाबैला मच्चिएकाे छ ।

केहि समय अगाडि मात्र यहि सरकारले भक्तपुर केन्द्र ताेकेकाे थियाे  तर त्यसकाे केहि हप्ता नबित्दै सरकारले अाफ्नै निर्णय बिपरित तिन नं प्रदेसकाे राजधानि हेटाैडा ताेकेपछि बिभिन्न दल तथा भक्तपुर का बुद्दिजिबि लगायत सर्बसाधारण ले समेत बिराेध जनाएका छन ।

साेहि निर्णय प्रति बिराेध स्वरुप माअाेबादी केन्द्रका संयाेजक डिपि ढकाल फेसबुकमा यस्ताे लेख्छन ।

( भौतिक रुपमा सबै पुर्बाधार हुदा हुदै ,सरकारको प्राबिधिक समितिले पनि उपयुुक्त छ भन्दा भन्दै आफनै पुर्ब प्रस्ताव बिपरित भक्तपुर लाइ प्रदेशको राजधानि हुन बाट रोक्ने सरकारको निर्णय लाइ खारेज गर्न जोडदार माग गर्दछु। )

यध्यपि भक्तपुर नेपाल मजदुर किसान पार्टिका नेता नारायणमान बिजुक्क्षे ले भने भक्तपुर राजधानी नबनाउदा उपयुक्तहुने धारणा सार्बजनिक गरिसकेका छन ।

सरकारले पहिले भक्तपुरमा केन्र्द ताेक्ता ब्यापक चलखेल बढाएका जग्गा दलालहरु भने अझ बढि अात्तिएकाे बुझिन्छ । अरुभन्दा अलि बढि अाक्राेसित भएर सरकार बिराेधि बिभिन्न फेसबुक स्टाटस लेखेर बिराेध जनाईरहेका छन । यध्यपि उनिहरुपनि बिभिन्न पार्टिकाे खाेल अाेढेर अझ बढि अाफुलाई फेसबुकमा अझ बढि राजनित्ज्ञ देखाई राखेका छन  ।  केहि साता अगाडि भक्तपुरकाे बाेडे स्थित कृषि बिकास बैङ्क तालिम केन्द्र छेउछाउ जग्गा प्रति अाना १५ लाख पर्ने जग्गालाई रातारात साेहि छेउछाउकाे जग्गा दलालहरुले बयाना गरेकै भरमा  अानाकै ५० लाख भन्ने थालेका थिए ।

अब सरकारकाे उक्त निर्णय प्रति बाम गठबन्धनले उल्टाउछ या साेहि कुरालाई नै निरन्तरता दिन्छ हेर्न बाँकि छ ।