You are here
Home > Front News > मातृभाषामा शिक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै मगर लेखक संघले सरकारलाई ज्ञापन पत्र बुझाउने !

मातृभाषामा शिक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै मगर लेखक संघले सरकारलाई ज्ञापन पत्र बुझाउने !

४ माघ २०७४, बिहीबार १२:४४

काठमाण्डौ |

मातृभाषामा शिक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै मगर लेखक संघले सरकरारलाई ज्ञापन पत्र बुझाउने भएको छ । नेपाल मगर लेखक संघले स्थानिय तहको मगर बाहुल्यता भएका गाउँपालिका तथा नगरपालिकाहरुमा सरकारी कामकाज भाषाको रुपमा समेत अगी लैजाने निर्णय लिएको छ।

मंगलबारका दिन होटल रोल्पा प्रालिको हलमा, नेपाल मगर लेखक संघको केन्द्रीय वैठकले उक्त निर्णय गरेको हो । संघले मगर तथा अन्य भाषाका बाहुल्यता भएका स्थानिय निकायहरुमा आफ्नै मातृभाषाहरुको प्रयोग गर्न पाउनुपर्ने साथै स्थानिय मातृभाषामा शिक्षाको पठनपाठनको व्यवस्था समेत हुनुपर्ने माग राख्दै स्थानिय निकायहरुमा ज्ञापन पत्र बुझाउने भएको छ ।

थप : बैठकले फाल्गुन १९ गते नवलपरासीको कावासोतीमा केन्द्रिय समितिको पुर्ण बैठक बस्ने र गत चैत्र मसान्त भित्र संघको तेस्रो महाधिवेशन गर्ने र त्यसको मिति र स्थान भने आगामी पुर्ण बैठकले तोक्ने निर्णय समेत पारित गरेको छ ।

संघले नेपाल मगर लेखक संघका मातहतका संगठनहरुलाई संघिय संरचना अन्र्तगत गठन तथा पुर्नगठन गर्ने समेत निर्णय गरेको छ ।

 

  • 9
    Shares