You are here
Home > Front News > ‘मिस्टर झोले’ टिमले सम्झियो सञ्चारकर्मी

‘मिस्टर झोले’ टिमले सम्झियो सञ्चारकर्मी

४ माघ २०७४, बिहीबार २०:२२

काठमाडौं |

फिल्म सफल गराउन सञ्चारकर्मीले साथ दिएको भन्दै ‘मिस्टर झोले’ टिमले सञ्चारकर्मीहरुलाई धन्यवाद दिएका छन् ।निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कडेलले फिल्म सफल गराउन मिडियाले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका हुन् ।

बिहिबार एक कार्यक्रमको बिच राईले भने, ‘फिल्म सफल भएपछि पछि पनि भेटघाट गरौं भन्ने लागेर यो कार्यक्रम राखिएको हो’ उनले भने,  ‘फिल्म हेरेर साथ दिने सबै दर्शकलाई धन्यवाद ।’

निर्देशक रामबाबु गुरुङले फिल्मलाई दर्शकले मन पाराएको दाबी गर्दै फिल्मप्रति आएको समिक्षालाई पनि स्विकार गरेको बताए । यता निर्माता टेकेन खड्काले भने फिल्मल ६ दिनमा २ करोड ४८ लाखको ग्रस कलेक्सन गरेको जानकारी दिए ।

कमेडी जनराको ‘मिस्टर झोेले’मा दया सँगै दिया पुन, बुद्धि तामांग, बर्षा राउत, प्रविण खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।