You are here
Home > Front News > चलचित्र ‘हुर्रे’को गीत रिलिज, आइटम डान्स बिना फिल्म नै नभन्ने सोच चलचित्रकर्मीको

चलचित्र ‘हुर्रे’को गीत रिलिज, आइटम डान्स बिना फिल्म नै नभन्ने सोच चलचित्रकर्मीको

८ माघ २०७४, सोमबार १०:४४

काठमाडौं |

नेपाली कथानाक चलचित्र ‘हुर्रे’को आइटम गीत रिलिज भएको छ । नेपाली चलचित्र बजारमा, चलचित्रकर्मीहरु आइटम गीत बिना चलचित्र बनाउन सकिरहेका छैन्न् ।

‘आइटम डान्स राख्यो भने, फिल्म हिट हुन्छ’ भन्ने मान्यताले चलचित्र ‘हुर्रे’लाई पनि अछुटो राखेन । ‘बाँचुञ्जेल पशुपती मरेनी पशुपती’ बोलको गीत आइतबार प्रेसमिट गर्दै फिल्मको गीत रिलिज गरिएको हो ।

गीतमा नायिका नीता ढुंगानाको आइटम देख्न सकिन्छ । फिल्म ‘हुर्रे’ को यो दोश्रो गीत रिलिज गरिएको हो । गीतमा कालिप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा झुमा लिम्बु र कालिप्रसदको स्वर छ ।

विक्रम स्वाँरको कोरियोग्राफीमा याम थापाको लेखन, पटकथा एंव संवाद रहेको फिल्म ‘हुर्रे’ मा नायिका केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, अंकित खड्का, राजाराज पौडेल, संगीता नापित, प्रकाश घिमिरे लगायत कलाकारहको अभिनय रहेको छ ।

अरुण सुवेदी सह निर्माता रहेको फिल्ममा दावा शेर्पा सेठ्ठी, सोनाम लामा र छिरिङ दार्जे लामा निर्माता रहेका छन् । डार्क कमेडी हुर्रे फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।