You are here
Home > Front News > सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा चलचित्र ‘अनुराग’मा

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा चलचित्र ‘अनुराग’मा

१० माघ २०७४, बुधबार ००:५३

काठमाडौं |

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा चलचित्र ‘अनुराग’मा देखिंदै छिन । एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’को यति बेला गीतको छायाङ्कन भइरहेको छ ।

सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र ‘अनुराग’मा एलिजाको अपोजिट समुन्द्र पण्डित छन् । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो ।

दरबारमार्गको एक क्लबमा छायाङ्कन भइरहेको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारीले जोडी बाँधेका छन् ।

चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के.सीको छायाङ्कन र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ ।

चलचित्रको गीत ताराप्रकाश लिम्बुको सङ्गीत गरेका छन् भने, तारा प्रकाशले नै ममता गुरुङलाई स्वरमा साथ दिएका छन् । भिडियाको कोरियोग्राफी भने विक्रम स्वारले गरेका छन् ।

दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण टिमले बताएका छन् ।