You are here
Home > Front News > रुकुम (पूर्व)मा हिमपात

रुकुम (पूर्व)मा हिमपात

११ माघ २०७४, बिहीबार ०९:५६

रुकुम (पूर्व) |

हिमाली जिल्लाको मान्यता र कान्छा जिल्लाको नाम पाएको रुकुम (पूर्व)मा हिमपात भएको छ । मंगलबार राति करिब १ बजेदेखि बिहानसम्म हिमपात भएको जिल्लावासीले बताएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश तथा भूमे र सिस्ने गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको छ ।