You are here
Home > Front News > जाउलाखेलमा हिपहप कन्सर्ट हुने

जाउलाखेलमा हिपहप कन्सर्ट हुने

११ माघ २०७४, बिहीबार १०:२८

ललितपुर |

जाउलाखेलको फुटबल मैदानमा शनिबार नेपालका हिपहप कन्सर्ट हुने भएको छ। कन्सर्टकोमा अमेरिकी गायिका आइशा फुकुसिमा तथा उनको ब्यान्ड पनि रहनेछ। सो कन्सर्टमा गायक तथा ब्रेक डान्सरहरुले एकैसाथ प्रस्तुति दिने भएका छन्।

अमेरिकी दूतावासको आयोजनामा हुने कन्सर्टमा नेपाली कलाकारहरु दीपक बज्राचार्य, रिदम ब्याण्ड, आशिष राना ‘लाउरे’, नेपाल हिपहप फाउन्डेशनले प्रस्तुति दिनेछन्। कन्सर्टमा नेपाली ब्रेक डान्स समूह द कार्टुन्ज क्रुको प्रस्तुति पनि रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

हिपअप फाउन्डेशनकी जेनिशा महर्जनले हिमहप संस्कृतिबारे बुझ्न कन्सर्ट महत्वपूर्ण हुने बताइन्। ‘नेपालमा हिपहपका फ्यान धेरै छन् तर उनीहरु सबैले हिपहप के हो भनेर बुझेका छैनन्। त्यसलाई बुझाउने र युवामा एकताको भावना जागोस् भनेर म्युजिकल कन्सर्ट आयोजना गर्न लागिएको हो।’

शनिबार हुने सो कन्सर्टको प्रवेश निःशुल्क रहनेछ।