You are here
Home > Front News > मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको हो-अध्यक्ष नवीन रोका मगर

मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको हो-अध्यक्ष नवीन रोका मगर

२६ पुष २०७४, बुधबार २३:३३

काठमाडौं।

मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको कुरा नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले जिकिर गरेका छन् । संघले यसपाली भने, माघे संक्रान्तिलाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने भएको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराकासाथ माघे संक्रान्ति मनाउने जानकारी दिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष रोकामगरले ‘माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैर–समुदायको पनि चाड हो, अर्थात राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस संक्रान्तिलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ, यहाँभन्दा पहिलेको र अहिलेको माघे संक्रान्तिमा धेरै फरक छ।’

उनले भने,‘परापूर्वकालदेखि नै चलिआएको चाडलाई हामीले विगतका वर्षहरुमा साँस्कृतिक, समाजिक र भावानात्मक तरिकाले मनाउदै आएका थियांै, आजको दिनमा हाम्रा तमाम अधिकारहरु प्राप्त गर्न बाँकी छन्, यस्ता अधिकारहरु सम्बोधन र सुनिश्चित गर्नको लागि हामीले यस पालिको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने निर्णय गरेका छाँै।’

आउदो माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने माघे सकरातिमा लोपउन्मुख जिवन्त सन्देश प्रदानगर्ने मगर समुदायले गीत संगीत र साँस्कृतिक प्रस्तुतिहरु समेत दिने आयोजकले जानकारी दिएको छ ।