You are here
Home > Front News > न्यू योर्कमा (फिप्ना)को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित

न्यू योर्कमा (फिप्ना)को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित

१५ माघ २०७४, सोमबार १०:०४

न्यू योर्क |

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को छैठौं महाधिवेसनबाट अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएकाछन्। अध्यक्ष पदको मतदानमा रानाले ४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी मणि बांदेलले २२ मत प्राप्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष राना फिप्नाका पूर्व महासचिव र मगर संघ अमेरिकाका वर्तमान महासचिव पनि हुन्। त्यसैगरी, महासचिव पदमा प्रेम गुरूङले ४० मतले बिजयी बने भने उनका प्रतिद्वन्दी बिनिता तामांगले २२ मत प्राप्त गरेकी थिईन्।

फिप्ना कार्य समितिका निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरू र सदस्यमा वरिष्ठ उपाध्यक्षमा राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या, कोषाध्यक्ष बिजय मान सिंह, सदस्यहरू जय वीर गुरूङ र फुर्पा लामा ह्योल्मो छन्।

फिप्ना कार्य समिति 
अध्यक्ष: मानबहादुर राना मगर
वरिष्ठ उपाध्यक्ष: राजकुमार विष्ट
उपाध्यक्ष: निमा लामा
महासचिव: प्रेम गुरूङले
सचिव: गोवा शेर्पा ढोक्प्या
कोषाध्यक्ष: बिजय मान सिंह
सदस्यहरू:
जय वीर गुरूङ

फुर्पा लामा ह्योल्मो