You are here
Home > Front News > असमान किन ?

असमान किन ?

१५ माघ २०७४, सोमबार १०:४३

कविता

अनिल बुढा मगर
अनिल बुढा मगर

आमाको कोखबाटै जन्मिएको हुँ
बहुजातिसंगै हुर्के बढेँ
उनिहरु जतिकै काम मैले पनि गरेँ
तर,
म समाजमा किन असमान बनेँ ?

विभेदमा परेको अनुहार भएपनि
स्वघोषित उच्च जातिभन्दा कम छुइन
प्रकृतिसंगै जन्मिएको हुँ
भाग्यवादको काल्पनिक जुठो
मेरो निधारमा लेखेको थिएन
तर,
म  समाजमा असमान किन ?

देशको लागि मेरो पुर्खाले बलिदानी दिए
समानताको लागि आदिवासी ज्ञान दिए
स्वर्ग र नर्कको झुटो मिथक
मेरो निधारमा लेखेको थिएन
तर,
म मगर मेरो भुगोलमा असमान किन ?

नेपाललाई मगरात राज्य दिएँ
देशलाई कसैको उपनिवेश बन्न दिइंन
इमान्दार र बहादुरीले बैरी भगाएँ
बहादुरीको तक्मा भिर्ने म
तर,
मेरो जाति यो भुगोलदेखि विस्थापित किन ?