You are here
Home > Front News > ‘कोहलपुर एक्सप्रेस’को ‘काउ’ गीत ट्रेण्डिङमा पहिलो

‘कोहलपुर एक्सप्रेस’को ‘काउ’ गीत ट्रेण्डिङमा पहिलो

१५ माघ २०७४, सोमबार १४:१०

काठमाडौं |

चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा समावेश गीत ‘सिओ डव्लु काउ’ युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा उक्लिएको छ । सार्वजनिक एक गीतबाट निकै राम्रो चर्चा पाउन सफल चलचित्र केकिको निर्माणमा तयार भएको छ । केकीले यसै फिल्मबाट निर्माताको परिचय बनाएकी छिन्।

अभिनेत्री केकी अधिकारीको चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ लिएर आउने तयारीमा रहेकी छिन् । केकीले नै निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलीज हुन अव धेरै वाकी छैन् । चलचित्रको गित ‘सिओ डव्लु काउ’ रिलीज भएको धेरै भएको छैन । तर, दर्शकले गीतको राम्रो प्रतिक्रिया दिएका छन् ।

गीतले युट्युवमा आज सम्मको भ्युअर्स १२१४,८८५ लाख वढि पुगेको छ भने, युट्युव टे«न्डिङको नम्वर वानको उकालोमा छ । केकीले भने. ‘दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, हामी निकै खुसी छौं’ उनले भने, ‘फिल्मलाई पनि दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने कुरामा हामी आशाबादी छौ ।’

गीतमा मुख्य फिचरिङ अभिनेत्री रीमा विश्वकर्माको रहेको छ। राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। मेलिना राईले उनलाई स्वरमा साथ दिएकी छिन्। साथै कोरियोग्राफर गम्भीर विष्ट, विनोद न्यौपाने र केकी पनि देखिएका छन्।

पोस्ट९प्रोडक्सन फेजमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ।