You are here
Home > Front News > बढुवा भएका ५ एआइजीलाई दर्ज्यानी,सशस्त्र प्रहरी केन्द्रीय कमाण्डमा चल्ने भएकाले प्रदेशमा खटाउने तयारी

बढुवा भएका ५ एआइजीलाई दर्ज्यानी,सशस्त्र प्रहरी केन्द्रीय कमाण्डमा चल्ने भएकाले प्रदेशमा खटाउने तयारी

१७ माघ २०७४, बुधबार १६:३२

 

माघ १७,सरकारले सशस्त्र प्रहरी बलमा पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को यहि माघ १५ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका हुन्।बढुवा भएका पाँचै जना एआईजीलाई बुधबार दज्र्यानी चिन्ह लगाइएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले दज्र्यानी चिन्ह लगाइदिएका हुन्।उनीहरुको पदस्थापनको निर्णय भएको छैन। एआईजीलाई प्रदेशमा खटाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए।

जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको हो। सात प्रदेशमा एआइजीको कमान्डमा खटाउन भन्दै सरकारले दुई साताअघि दरबन्दी थप गरेको थियो। सशस्त्र प्रहरी केन्द्रीय कमान्डमै चल्ने भएकाले प्रोटोकलको समस्या नहुने सशस्त्रका एक उच्च अधिकारी बताउँछन्।

नेपाल प्रहरीका सात एआईजीको दरबन्दी फाजिलमा राख्ने निर्णय सरकारले गरिसकेको छ। सशस्त्र प्रहरी सेनाजस्तै केन्द्रीय कमाण्डमा चल्ने र प्रदेश सरकार मातहत नहुने भएकाले प्रदेशमा सशस्त्रको एआईजी नै खटाउन लागिएको हो।