You are here
Home > Front News > चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक, विपिनको फरक अवतार(भिडियो)

चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक, विपिनको फरक अवतार(भिडियो)

२० माघ २०७४, शनिबार ०८:५९

काठमाडौं |

चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘नाका’को ट्रेलरमा बिपिनको फरक अवतार देखिएको छ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको ‘नाका’को ट्रेलरमा बिपिनको फरक अबतारले ‘नाका’को ट्रेलरमा दर्शकको नजर परेको छ ।

ट्रेलरमा विपिनलाई नाका यानिकि सिमानाको डनको पात्रमा देख्न सकिन्छ । छिमेकि देशहरु संग नाकामा हुने विभिन्न अवैध धन्दा र गुण्डागर्दीको विषयलाई चलचित्रको ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिव मुखिया र केशब राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका छन्भ भने, प्रविन थर्की कार्कीले  निर्माण गरेका छन् ।

‘नाका’ फागुन १८ गतेबाट प्रदर्शन हुने भएकाे छ ।