You are here
Home > Front News > श्रृष्टीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ चलचित्रको ट्रेलर सार्बजनिक

श्रृष्टीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ चलचित्रको ट्रेलर सार्बजनिक

२४ माघ २०७४, बुधबार ०८:०३

काठमाडौँ। 

चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्बजनिक गरीएको छ । श्रृष्टी केसीको जीवनमा आधारित यो बायोपिक चलचित्रमा नायिका वेनिशा हमालले मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।

काठमाण्डौमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्बजनिक गरीएको थियो। सार्वजनिक ट्रेलर हेरेपछि उपस्थित पत्रकार र अन्य कलाकारहरुले अभिनेत्री बेनिशाको कामको तारिफ गरेका थिए ।

बेनिशाले श्रृष्टीको बायोपिकमा काम गर्नका लागि तौल समेत घटाएकी थिइन् । साथै, उनले यो चलचित्रका लागि श्रृष्टीको आनीबानी, बोलीचाली सबै सिन्न ३ महिना संगै साथमा थिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै श्रृष्टीले भनिन्–‘यो चलचित्र निर्माणसँगै मेरा हजार आँखा खुलेका छन् । मलाई यसले दृष्टि दिएको छ ।’

निर्देशक मिलन चाम्सले बायोपिक चलचित्र बनाउनु आफैमा चुनौती भएको बताए ।’ उनले भने, ‘नायिका हमालको कामले आफू खुशी छु ।’

चलचित्रमा अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा निकेश लिम्बुको लगानी छ ।

चलचित्र फागूण १८ गतेबाट रिलिज हुँदैछ ।