You are here
Home > Front News > मानव तस्करीमा कलाकार राजेन्द्र खड्गी पक्राउ

मानव तस्करीमा कलाकार राजेन्द्र खड्गी पक्राउ

२५ माघ २०७४, बिहीबार २०:३८

काठमाडौं ।

मानव तस्करीमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेको छ । नेपाली सिनेमा क्षेत्रमा एन्तागोनिसको भूमिका निभाएर आफ्नो नाम चलाएका कलाकार राजेन्द्र खड्गी मानव तस्करी गरेको आरोपमा पक्राउ परेका हुन ।

नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोप खड्गीमाथी छ । कलाकारको नाममा दक्षिण कोरिया लगेर मान्छे छाडेको आरोपमा खड्गी पक्राउ परेको हो ।

राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीले पक्राउ गरेको छ । खड्गीले एक जनाबाट १० देखी १५ लाख रुपैयाँसम्म लिएको कुरा अनुसन्धान ब्युरो–सीआइबीले जानकारी दिएका छन्।