You are here
Home > राजनीति > “जातिय मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद”-नेफेसो कोरिया

“जातिय मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद”-नेफेसो कोरिया

२६ माघ २०७४, शुक्रबार १०:४५

जम्क राई -सियोल कोरिया,

नेपाली संघीय समाज प्रवास संगठन दक्षिण कोरियाले “जातिय मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद” भन्ने मूल नाराका साथ पहिचान र सम्ब्रिद  नेपाल निर्माणको लागि प्रवासमा रहेक नेपाली युवाहरुको भूमिका बिषायक बृहत अन्तरक्रिया  कार्यक्रम यही फरवरी 16 तारिक आयोजन गर्न लागिरहेको  तथा  यसको सम्पूर्ण तयारी पुरा भएको नेफेसो कोरियाका सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनू भयो l उक्त बृहत अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई यही 15 तारिक कोरिया आउने भएको  छ l

छुंगूरु अवश्थित हवासु बिल्डिङ, हेवादोङ,सिओलमा आयोजन हुन गईरहेको उक्त बृहत अन्तरक्रिया कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारी,पत्रकार, विधार्थीहरु लगयात सम्पुर्ण कोरियावासी नेपाली दाजु भाई दिदी बहिनीहरुमा उपास्थित भई दिन हुन नेफेसो कोरियाको अध्यक्ष महेंद्र राईले आह्वान गर्नु भएको छ ,

संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभीन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरिया मा भने 2013 मा नेपाली संघिय समाज दक्षिण कोरिया नाम रहने गरी शाखा स्थापना भएका थियो l शाखाले  स्थापनाकाल देखि नै बिभिन्न समसामहिक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष-अप्रत्यक्ष रूपमा नेपाली समाज रूपान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको  छ .