You are here
Home > Front News > निर्माणाधिन पुल भत्किदा एक भारतिय नागरिककाे मृत्यु

निर्माणाधिन पुल भत्किदा एक भारतिय नागरिककाे मृत्यु

२६ माघ २०७४, शुक्रबार १७:५०

खाडीचौर स्थित लामोसाँधु जिरी सडक खण्ड जोड्ने निर्माणधिन पक्की पुलको काम गर्दै गर्दा पुलको बेश प्लेटको जालीले अचानक च्यापिना गई कामदारहरु भारतिय नागरिक (जिल्ला आसाम स्थायी बतन भएका अंदाजि बर्ष ३२ का राबेराम बसुन्थरीको घट्नास्थलमा नै मृत्यु भएकाे छ ।

मिति २०७४।१०।२६ गते अन्दाजि १२.०० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक बलेफि गाउँपालिका वडा नं.७ खाडीचौर स्थित लामोसाँधु जिरी सडक खण्ड जोड्ने निर्माणधिन पक्की पुलको काम गर्दै गर्दा पुलको बेश प्लेटको जालीले अचानक च्यापिना गई कामदारहरु भारतिय नागरिक  बसुन्थरीको घट्नास्थलमा नै मृत्यु भएको छ ।

अन्य २ जना कामदारहरु ऐ.ऐ.स्थायी वतन भएका नादुलु लोजिक बसुन्थरी¸ बर्ष १८ का कुशल लोजिक बसुन्थरीलाई च्यापि रहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म अँधेरी सिन्धुपाल्चोकबाट स.प्र.ना.उ.सुनिल केशरीको कमाण्डमा ३० जनाको टोली खटी  उद्दार गरेकाे छ ।

साहसिक जवानकाे उद्दार 

सशस्त्र प्रहरी जवान अचुत कुमार बोहराले साहासिक विरतापुर्वक अथक मेहनतका साथ २ जनालाई सकुशल जिवितै उद्बार र एक जनाको शव निकाली घाईतेहरुलाई स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचारार्थ को लागी समेत लैजान अग्रणी भुमीका निर्वाह गरेका थिए ।

घटना भएको सुचना पाउना साथ सशस्त्रको टोली ५ मिनेटमा भित्र उक्त घटनास्थलमा पुगेको थियो ।