You are here
Home > Front News > जनयुद्ध दिवस मनाउन वाईसियलले अाक्रामक प्रचार प्रसार थाल्याे

जनयुद्ध दिवस मनाउन वाईसियलले अाक्रामक प्रचार प्रसार थाल्याे

२७ माघ २०७४, शनिबार १३:१६

साजन बिक

वाईसीएल नेपालले जनयुद्ध दिवस मनाउन आक्रमक रूपले प्रचार प्रसार सुरु गरेको छ । वाईसीएलको आयोजनमा २३औ जनयुद्ध दिवस, फागुन १ गते माओबादी केन्द्रीय कार्यलय पेरिस डाडामा गर्ने भएको हो ।

काठमाण्डौ भक्तपुर ललितपुरका बिभिन्न चाेक चाेक गल्लीहरुमा ब्यानर झुण्डाउनुका साथै जनयुद्द दिवस मनाउन पेरिसडाँडा जाउ भन्दै माओबादी नेता र कार्यकर्ताहरु प्रचार प्रसारमा लागेका छन् ।

जनयुद्ध दिवसमा नेपाल कम्युनिष्ट पार्टी (माअाेबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल क. प्रचण्डको प्रमुख उपस्थीत रहनेछ । अथिथिमा नेकपा एमाले अध्यक्ष केपी अाेली समेतलाई अतिथिमा निम्त्याईएकाे वाईसियल केन्द्रले जनाएकाे छ ।

उपत्यकामा मात्र नभएर देशका बिभिन्न १० सहरमा भब्य र सभ्ब रुपले मनाउने तयारी भएकाे वाईसियल महासचिब सुबाेधराज सेर्पालीले जानकारी दिनुभयाे । त्यसैगरि उक्त बिभिन्न सहरमा गरिने बिभिन्न कार्यक्रममा नेताले समेत सम्बाेधन गर्ने जानकारी सेर्पालीले जानकारी दिनुभयाे ।

उपत्यकामा गरिने भब्य वाईसियल कार्यक्रममा धेरैजसाे नेताहरु केन्द्रित हुनेभएकाले अलिबढि सान्तिसुरक्षालाई ख्यालगरि करिब १३ सयकाे हारहारीमा स्वयमसेबक परिचालन गर्ने तयारी भैरहेकाे ३ नं प्रदेसका वाईसियल  स्वयमसेवक परिचालन कमिटि प्रमुख कुमार लामाले नेपाल न्युजलाई जानकारी दिनुभयाे ।

कार्यक्रममा जनबादी कलाकारहरूकाे साँस्कृतिक प्रस्तुति समेत रहने छ । साथै अतिथि र उपस्थित सबैलाई  चियापानकाे ब्यबस्था समेत रहेको छ ।