You are here
Home > Front News > पत्रकार फूलमान प्रतिभा सम्मानबाट पुरस्कृत

पत्रकार फूलमान प्रतिभा सम्मानबाट पुरस्कृत

२७ माघ २०७४, शनिबार १६:३२

काठमाडौं ।

पत्रकार एवं साहित्यकार फूलमान बल प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन् । प्रतिष्ठानले फूलमानलाई एक लाख नगदसहित प्रतिभा सम्मान पुरस्कार हस्तान्तरण गरिएको थियो।

माघ २७ का दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले उनलाई प्रमाणपत्र र नगद एक लाखसहित सम्मान गरेका थिए।

नेपाल प्रतिभा प्रतिष्ठान बेलायत उनलाई सम्मान गरेको हो। प्रतिष्ठानले साहित्यकार वेणु आचार्यलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ।

पत्रकार फूलमान वल एक लाख नगदसहित प्रतिभा सम्मानबाट पुरस्कृत