You are here
Home > Front News > अथार मगरात कलाकार समुहको राष्ट्रिय भेला काठमाण्डौमा

अथार मगरात कलाकार समुहको राष्ट्रिय भेला काठमाण्डौमा

२८ माघ २०७४, आईतवार २२:५६

काठमाण्डौ | 

अथार मगरात कलाकार समुहको राष्ट्रिय भेला काठमाडौंमा औपचारिक रुपमा उद्घाटन भएको छ । अठार मगरात क्षेत्रका भाषा, भेषभुषा, इतिहास, कला, साहित्य, सस्कार र सस्कृतिहरु हराउँदै गैरहेको हुँदा, सोही पनलाई संरक्षण गर्नको लागि अथार मगरात कलाकार समुहको जन्म भएको हो ।

शनिवार काठमाण्डौको सोह्रखुट्टे स्थित हजुरको पार्टि प्यालेसमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन नेपाल मगरसंघ केन्द्रिय अध्यक्ष नविन रोका मगरले गर्नु भएको थियो ।

बिगत लामो समय देखि काठमाण्डौमा बसोवास गर्दै आएका बिभिन्न क्षेत्रमा आवद्ध अथार मगरात क्षेत्र भित्रका कलाकारहरुको यो समुहले आफ्ना लोपोन्मुख संस्कार, संस्कृति तथा भेषभुषालाई संरक्षण गर्नु नै मुख्य अदेश्य रहेको समुहका उपाध्यक्ष नन्द घर्ति मगरले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अथिति नविन रोका मगरले थरी थरीका मगर जाति भएता पनि सबै मगरहरु एउतै भएको तर भेषभुषा मात्र फरक भएको कारणले गर्दा आफ्नो संस्कृति र भेषभुषा जोगाउनको लागि यस्ता समुहहरुको आश्यक रहेको बताउदै अरु मगरहरुलाई यस प्रति कुनै संका नगर्न पनि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा अथार मगरात प्रतिस्थानकी अध्यक्ष बमकुमारी बुढामगर लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको  थियो । प्रतिस्थानकी अध्यक्ष बमकुमारी बुढामगरले भने, ‘निकै कठिनाईका पाइला सार्दै समाबेशी नाम दिन नसकिएको अठार मगरात क्षेत्रका संस्कार, संस्कृति तथा भेषभुषालाई आजको युवाहरुले संरक्षण गर्न खोजिरहेको देख्दा मा निकै नै खुशी भएको छु’

उद्घाटन कार्यक्रममा अथार मगरात अन्तरगतका मगरहरुको संस्कृति झल्किने बिभिन्न प्रस्तुतिहरु समेत देखाइएको थियो ।