You are here
Home > समाचार > बसपार्क परेली गेष्टहाउसबाट १०लाख नगद सहित २४ जना जुवाडे प्रहरी फन्दामा ,मेट्राे १ काे बिशेष टाेलीद्वारा छापा

बसपार्क परेली गेष्टहाउसबाट १०लाख नगद सहित २४ जना जुवाडे प्रहरी फन्दामा ,मेट्राे १ काे बिशेष टाेलीद्वारा छापा

२९ माघ २०७४, सोमबार ०८:४८

हिजाे राती करिब १ बजे बसपार्ककाे परेली गेस्ट हाउसबाट १०  लाख नगद सहित २४ जना जुवाडेलाई मेट्राेबाट खटिएकाे बिषेश प्रहरीले  टाेलीले गिरफ्तार गरि बसपार्क प्रहरी चाैकीमा बुझाएकाे छ ।

“पहिले सामान्य चहल पहल थियाे बिस्तारै मान्छेकाे भिड बढदै गएपछि हामिले केहिदिन देखी पछ्याई राखेका थियाै ” हिजाे राति १ बजे छापा मार्दा २४ जना जुवाडे र १० लाख नगद सहित समातेकाे मेट्राेबाट खटिएका एक प्रहरी उच्च अधिकारी बताउछन ।

काे काे ब्यक्ति समातिएकाे भन्नेबारे भन्ने उनले सार्बजनिक गर्न चाहेनन , तर उनिहरुलाई अाजै दिउसाे सार्बजनिक गर्ने र जुवा एेन अनुसार कार्वाही गरिने समेत बताएका छन ।

साे परेली गेस्ट हाउसमा याैन भन्दा समेत हुनसक्ने अासंका एक अर्का ब्यापारी बताउछन ” धेरै पहिले देखि जुवा  खेलाउने रण्डीबाजी गराउने काम याे गेष्ट हाउसमा भैरहेकाे थियाे  तर नजिकै रहेकाे प्रहरी कार्यालयलाई पटक पटक स्थानिय बासिले जानकारी दिदा समेत कानमा तेल हालेर बसेकाे थियाे अहिले कता बाहिरकाे मेट्राे बाट अाकाे प्रहरी टाेलीले हानेकाे रे ” 

बसपार्क भित्र रहेकाे प्रहरीकाे यसमा काहि कतै मिलेमताे रहेकाे जनगुनासाे समेत अाउन थालेकाे छ ।