You are here
Home > Front News > जनयुद्द दिवसमा २३ सय वाईसियल १३ सय स्वयमसेवक परिचालन हुने ।

जनयुद्द दिवसमा २३ सय वाईसियल १३ सय स्वयमसेवक परिचालन हुने ।

२९ माघ २०७४, सोमबार २३:५६

बिशाल  घिमिरे काठमाण्डाै पेरिस डांडा , माघ २९

माअाेबादी केन्द्रकाे केन्द्रिय कार्यालय पेरिस डाँडा अाज दिन भर वाईसियल केन्द्रिय कार्यालयका  अध्यक्ष राम प्रशाद सापकाेटा ( दिपशिखा)   अन्य नेता कार्यकर्ता तथा कार्यालयका टिम खटेर दुलहिझै रङ्गिन बनाएका छन ।

तत्कालिन श्री ५ काे सरकारले बिद्राेही नेपाल कम्युनिष्ट पार्टि भन्दै अाएकाे माअाेबादिले २०५२ साल फाल्गुन १ गते जनयुद्द सुरुगरे देखि हरेक बर्ष फाल्गुन १ गतेलाई बर्षघाट या बर्ष पर्वका रुपमा मनाउदै अाएकाे छ ।

माअाेबादी बाट माअाेबादी केन्द्रमा परिणत भैसकेकाे पार्टिले मनाउन लागेकाे याे २३ अाैं जनयुद्द दिवस हाे ।


बाम तालमेलबाट भर्खरै ताजा परिणाम प्राप्त जनादेशबाट दाेस्राे स्थान पाएकाे माअाेबादी केन्द्र अब चाँडैनै बाम सरकार बनाएर सरकार बनाउने या सरकार बनाएर बाम तालमेल गर्ने भन्ने बारेमा पार्टि अध्यक्षले भाेली जनयुद्द दिवसका अबसरमा मुख खाेल्ने धेरैकाे अनुमान छ ।

 

यध्यपी दुबै पार्टिका शिर्ष नेताहरुले छलफल भने नगरेका हाेईनन तर निष्कर्ष ननिस्किएपछि दुबै पार्टि भित्र र बाहिर अासंका बढदै गएकाे धेरैकाे अनुमान छ ।

 

हाल खासगरी माक्सबाद ,लेलिनबाद , माअाेबाद ( मालेमा बाद) मान्दै अाएकाे माअाेबादी केन्र्द र जनताकाे बहुदलिय जनबाद ( जबज) यि दुबै निति बिधि सिद्दान्त कुरा नमिलेकाे भन्ने नेताहरु तर्क प्रस्तुत गर्दछन । ताकि बाहिर अाए जस्ताे प्रधान मन्त्री कस्ले लिने र पार्टि अध्यक्ष काे बन्ने भन्ने बिषय नभएकाे बरिष्ट नेता बर्षमान पुन बताउछन । ” अागामी बाम गठबन्धनकाे प्रधानमन्त्री केपी अाेली र बाम तालमेल पस्चात पार्टि अध्यक्ष पुस्पकमल दहाल प्रचण्ड बन्ने कुरा मिलिसकेकाे छ बाँकी नितिबिधि र सिद्दान्तमा अलि कुरा मिलेकाे छैन ” बांकि ठाेस कुरा भाेली जनयुद्द दिवसका अबसरमा अध्यक्ष प्रचण्डले सबैकुरा कार्यकर्ता माझ खुलस्त राख्नुहुन्छ ,नेता पुनले थप्नुभाे ।

 

यता वाईसियल महासचिब सुबाेधराज सेर्पालीका अनुसार बाम तालमेल पस्चात जनयुद्द माईन्छ या मनाईन्न भन्न नसक्किने बताएका छन । अघिल्ला बर्षहरुभन्दा निकै तामझाम देखिन्छनि भन्ने जिज्ञासामा उनेले थपे ” हाे यसपटक भब्य र सभ्य जनयुद्द दिवसकाे तयारीमा छाै , यहि सभा बाट हाम्राे नेताहरुले बाम तालमेल र एकताका कुराहरु कार्यकर्ताहरुलाई चित्तबुझ्नेगरी राख्न समेत अाग्रह गरेका छाै , बाम तालमेल र पार्टि नितिबिधी र अागामी भाबि सरकारकाे खाका बारे यहि सम्बाेधन बाट प्रस्ट हुन्छ त्यसैले अलि बढि तयारीमा छाै ” । तर ढुक्क हुनुस पार्टि एकता पस्चात पनि जनयुद्द मनाईन्छ ।

केन्द्रिय कार्यालयका तर्फबाट उपअध्यक्ष बिरु तामाङ (सुदिप ) सचिबहरु कसम , बिस्वास  लगायत कार्यालयकाे सम्पुर्ण टिमहरु खटेकाे बताईन्छ । खासगरी तिन नं प्रदेस अन्तरगत उपत्यका केन्द्रित काठमाण्डाै, भक्तुपुर ,ललितपुर बाट गरी करिब वाईसियल मात्र २३ सय युवा परिचालन हुने केन्र्दिय कार्यालयले जनाएकाे छ , भने १३ जिल्लाबाट १३ सय स्वयम सेवक खटाईएकाे  तिन  नं प्रदेस स्वयमसेवक बिभाग प्रमुख कुमार लामाले बताउनु भयाे ।

_महान_सहिदहरुलाई पेरिस डांडाबाट श्रद्दासुमन 

वि.स. २०५२ साल फागुन १ गते मंगलबार देखि संबिधान सभाको चुनाव, राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना, धर्म निरपेक्ष लगायतका ४० बुदे माग राखी तत्कालीन माओवादीले नेपालमा जनयुद्धको औपचारिक घोषणा गरेको थियो।

वि.स. २०५२ माग २३ गतेका दिन तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई (क.लालधोज)ले तत्कालीन प्रधानमन्त्री सेरबहादुर देवालाइ बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीले फोहोरको टोकरीमा मिल्काइ दिएपछी,नेकपा माओबादीले औपचारिक रुपमा जनयुद्वको घोषणा गर्न बाध्य हुनु परेको थियो र सोही माओवादी जनयुद्ध २०६३ साल सम्म चलेको थियो। यहि जनयुद्धको क्रममा महान सहिदहरुले आफ्नो बलिदान दिनु भएको हो।

महान् जनयुद्धको २३ औं दिवसको अवसरमा आफ्नो ज्यानको कुनैपनी प्रभा नगरी सामन्तवाद,नोकरसाही तन्त्र र निरङ्कुस राजतन्त्र विरुद्ध आफ्नो बलिदान गर्न पनि पछि नहट्ने जनयुद्धका महान् ज्ञात/अज्ञात सम्पुर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्ने कार्क्रम समेत रहेकाे छ ।वेपत्ता सहयोद्धाहरूप्रति विशेष स्मरण तथा सम्मान। घाइते/अपाङ्ग योध्दाहरूप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै पार्टी र आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी विचार, व्यवहार र संगठनको काम कार्वाहीलाई अझै अगाडि लैजान सकियोस छुटेका हरुलाइ पुन: जोडेर एकवद्द रुपमा अगाडि बढि क्रान्ति को बाकी कार्यभार पूरा गर्न सकियोस भनी सम्पुर्ण क्रान्ति कारी मन हरुलाइ महान २3 औ जनयुद्ध दिवस मनाउने तयारीमा जुटेका छन

🌹#महान_जनयुद्ध_दिवसको_क्रान्तिकारि_शुभकामना🌹
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिन्दावाद !