You are here
Home > साहित्य > “प्रेमस्पर्श”

“प्रेमस्पर्श”

३ फाल्गुन २०७४, बिहीबार ०१:४०

कबिता , रिमा केसी 

माटाेलाई पवित्रताले नुहाइदिन
भीरबाट हामफालेकाे झरनाझैँ
बतासलाई हुलाकी बनाएर
निश्छलताकाे प्रेमपत्र लेखी
प्रेयसीकाे ठेगानामा पठाइएको
राताे गुलाफकाे सुगन्धझैं
धर्तीकाे सम्झनाले पिराेलेर
अनायास डाँकाे छाेडेर रुने बादलझैं
तिमी मेरो जिन्दगीको त्याे अाँसु हाै
जाे मेरा सर्वाधिक खुशीहरुमा
मेरो सर्वाधिक पीडाहरुमा
मलाई नसाेधि
अाँखाहरुलाई खबरै नगरी
अाफै अाउछ्न् हार्दिकताकाे वर्षात् बनेर
धर्तीले अाकाशलाई
फूलले माटाेलाई
नदीले सागरलाई
के कहिले लेखे र प्रेमपत्र
अनि कहिले चाहियाे र
प्रेमकाे कुनै साक्षी प्रमाण??
न कुनै उत्सव छ न कुनै समाराेह
न त छ निर्दाेष गुलाफहरुकाे अाेइराे
कुनै अाैपचारिकताकाे बेसुरा राग छैन
शब्दहरुकाे कुनै साहरा छैन
तैपनि
हृदयकाे हृदयसँग संवाद छ
अाकाशजस्तै अानन्द अगाध छ
तिमी मेरो जिन्दगीको विश्वासको दियो हाै ,प्रिय
र म प्रेमकाे तेल हूँ
प्रिय ! तिमी जलिरहनु भराेसाकाे उज्यालो छरेर
म चुहिरहन्छु अास्थाकाे मूल बनेर
तप….तप….तप