You are here
Home > राजनीति > “समृद्ध देश बनाउन निरन्तर लाग्ने छु”-देउवा

“समृद्ध देश बनाउन निरन्तर लाग्ने छु”-देउवा

३ फाल्गुन २०७४, बिहीबार १२:२२

काठमाण्डौ ,३ फाल्गुन

सरकाबाट बाहिरिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरेका छन्। उनले आफूले राजीनामा दिन लागेको पनि बताए। सम्बोधनमा देउवाले आफ्नो सरकारले संविधानप्रति असन्तुष्ट तराई केन्द्रित दललाई चुनावमा सहभागी गराई तीन तहको चुनाव गराएको बताए। यस आधारमा पनि देउवाले आफू सफल प्रधान मन्त्री भएको दावी गरे।‘नयाँ संविधान कार्यन्वयनका लागि तीन तहको चुनाव सम्पन्न भएको छ,’ देउवाले सम्बोधनमा भने,‘प्रधानमन्त्रीका रुपमा मेरो कार्यकाल सफल भएको छ।’देउवाले सम्बोधनमा आफ्नो सरकारले विकास निर्माणमा समेत धेरै काम गरेको भन्दै त्यसको फेहरिस्त प्रस्तुत गरेका थिए। देउवाले समृद्ध देश बनाउन निरन्तर लाग्ने प्रतिवद्धता जाहेर गर्दै नयाँ सरकारलाई शुभकामना पनि दिए। ‘समृद्ध देश बनाउन निरन्तर लाग्ने छु,’ उनले भने, ‘ नयाँ सरकारलाई शुभकामना ।’ उनले सम्वृद्ध देश बनाउन सरकारलाई आफ्नो निरन्तर सहयोग पनि रहने बताए। सम्बोधन पछि राष्ट्रपतिलाई राजीनामा बुझाउन देउवा अहिले शितलनिवासतर्फ लागेका छन्। जेठ २३ मा माओवादीसँगको सहकार्यमा देशको ४० औं प्रधानमन्त्री भएका देउवा आठ महिनापछि सरकारबाट बाहिरिन लागेका हुन्। देउवाको कार्यकालमा दुई चरणको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सफलतापूर्वक सम्पन्न भएको थियो ।-नेपालखबर