You are here
Home > Front News > कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

५ फाल्गुन २०७४, शनिबार २०:१३

काठमाडौं |

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रेम दिवसको अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

पश्चिम नेपालका बाँके, कैलाली र कर्णाली नदी आसपास खिचिएको यो गीत आउनुभन्दा पहिले ‘सी ओ डब्लु काउ’ सार्वजनिक भएको थियो । पहिलो गीत पनि निकै चर्चा पाएको थियो । सोहि गीतले युट्युव टे«न्डिङको नम्वर वानको उकालो चड्न पाएको थियो ।

‘सी ओ डब्लु काउ’ गीतमा बिबाहको दृश्य देखाइएको थियो। माइती पक्षका चेलीहरुले बेहुलालाई जुत्ता लुकाईदिने र बेहुलाले जुत्ता लिनलाई पैसा दिनु पर्ने नेपाली चलनलाई पहिलो गीतमा निकै राम्रो तरिकाले प्रस्तुत गरिएको थियो भने, यो दोस्रो गीतमा सिंगो चलचित्रको अनुहार कुन सिजनमा शुटिङ गरिएको भन्ने कुरा प्रकृतिमा फूलिरहेका फूलहरुबाट पट्टा लगाउन सकिन्छ ।

अभिनेत्री केकी अधिकारीले आफ्नै लगानीमा ‘कोहोलपुर एक्सप्रेस’ चलचित्र लिएर आउने तयारीमा रहेकी छिन् । केकीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलीज हुन अव धेरै बाँकी छैन् । चलचित्रको ‘अब मन सँग मन’ बोलको गीत रिलीज भएको पनि धेरै समय भएको छैन । तर, दर्शकहरुले गीतलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

नेपाली चलचित्र वगैचामा दर्शकको साथ पाइरहेको केकीले भनिन्. ‘दुबै गीतको नै दर्शकहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । उहाँहरुको मायाले हामी निकै खुशी भएका छौं ।’ उनले भनिन्, ‘फिल्मलाई पनि दर्शकहरुले पक्कै पनि मन पराइदिनुहुन्छ भन्ने कुरामा हामी आशाबादी छौ ।’

गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् । राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वरमा रहेको उक्त गीतले निकै चर्चा पाएको छ ।

रोमान्टिक गीतमा भने चलचित्रका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपाने फिचर छन् । विशाल भण्डारीको निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’लाई नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् ।

वैशाख १४ गते रिलिज गर्ने लक्ष्य राखिएको ‘कोहलपुर एक्सप्रेस’मा केकी र बिनोदबाहेक प्रियंका कार्की र ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाङ्कन रहेको चलचित्रका निर्माताहरू भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित), शिवप्रसाद चौलागाई हुन् ।