You are here
Home > राजनीति > प्रचण्ड र ओलीबीच निर्णायक बार्ता हुँदै .

प्रचण्ड र ओलीबीच निर्णायक बार्ता हुँदै .

६ फाल्गुन २०७४, आईतवार १४:३९

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पुनः छलफल सुरु भएको छ।

अहिले अध्यक्ष ओली र प्रचण्डबीच गोप्य वार्ता भक्तपुरमा जारी रहेको छ। भक्तपुरको ठिमीस्थित व्यापारी दुर्गा प्रसाईंको घरमा दुवै अध्यक्षको वार्ता जारी रहेको एमालेका एक नेताले बताए।

पार्टी नेतृत्व र कार्यकर्ताको व्यवस्थापनमा सहमति बने पनि शैद्धान्तिक विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया अवरुद्ध भएको थियो।

आजको शीर्ष बैठकले ती विषयमा टुंगो लगाउने बताइएको छ।

श्रोत -नेपाल खबर