You are here
Home > राजनीति > “माओबादी केन्द्र आजै सरकारमा सहभागी हुन्छ” -प्रचण्ड

“माओबादी केन्द्र आजै सरकारमा सहभागी हुन्छ” -प्रचण्ड

८ फाल्गुन २०७४, मंगलवार १३:५३

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री आजै सहभागी हुने बताएका छन्।  गृह जिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी आजै सरकारमा सहभागी हुने बताएका हुन्।ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई जना नेता आजै सहभागी हुँदैछन्’ प्रचण्डले भने, ‘को को जानुहुन्छ भन्ने तय भइसकेको छैन तर आज दुई जना सहभागी भएपछि विस्तारै सरकारले पूर्णता पाउँछ।’

विमानस्थलमा ओलीलाई भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी छोरी रेणु दाहाल र दाहालद्वारा मेयरमा पराजित एमाले नेता देवी ज्ञवालीले स्वागत गरेका थिए। -नेपाल खबर

  • 11
    Shares