You are here
Home > बिचार/अन्तरबार्ता > बाम एकता” महान जनयुद्धको स्वर्णिम ईतिहाँसलाई उपहास गर्ने कडि नबनोस

बाम एकता” महान जनयुद्धको स्वर्णिम ईतिहाँसलाई उपहास गर्ने कडि नबनोस

८ फाल्गुन २०७४, मंगलवार १५:३१

सम्बर लामा  भक्तपुर

नेपालको ईतिहास धेरैथोरै हामी सवैले अध्ययन गरेका छौं र अध्ययन गरेका विषय पनि हो । ईतिहासलाई अध्ययन गर्दै जांदा यो ईतिहास पर्याप्त छैन र यो लामो पनि छैन जस्तो मलाई लाग्छ ।

मैले जति अध्ययन गरें ति सवै फिका र फितलो नै पाउछु अनि कताकता नुन नपुगे झैं अपुरो नै पाउछु । सत्य त यो पनि होकी केही कालखण्डहरु असहज तरीकाले र संवेदनशिल तरिकाले पार भए तापनि यसलाई कमसल र फितलो तरीकाले पनि मुल्यांन गर्न नमिल्ने रहेछ ।

तर सहि र सान्दर्भिक ईतिहास भने नेपालका भावी पुस्ताले पाउने छन् र अलि गम्भिर, महत्व र विषयकासाथ नयां पुस्ताले अध्ययन गर्न पाउने छन् भन्ने पनि मेरो बुझाई हो । हरेक विगतले एउटा पाठ सिकाएकै हुन्छ र एउटा सहि र छाप वस्ने मार्गनिर्देश गरेकै हुन्छ ।

हामी अहिले नयाँ ईतिहास कोर्ने प्रयत्नमा छौं, चाहे त्यो सान्दर्भिक होस या असान्दर्भिक नै किन नहोस, ईतिहास त बनि नै हाल्छ जे जस्तो भएपनि तर कुन रंगको, कस्तो साईज र प्रकारको ईतिहास बनाउने हो भन्ने मुल तत्व चाहि सवै नेताहरुले सोच्दै आए तापनि त्यो नपुगेको अवस्था हो र यसलाई सांच्चै नै देश र जनताको निम्ति रहेछ है भन्ने ईतिहास कोर्न चाहि राजनितिक खेलाडीहरु कहि न कहि र कतै न कतै अवश्य पनि चुकदै आएको देखिन्छ र जव परिणाम वा गोल हुने अवस्थामा आउदा यहाँ नेताहरुको हत्या सम्म हुने गरेका घटनाहरु हामी माझ प्रसस्तै छन् ।

साधारण र ताजा उदाहरणको लागि राजा विरेन्द्रको वंश नास, मदन भण्डारीको निधन, जमिम साहको मृत्यु, मिर्जादिलसाद वेगको निधन, मुस्लिम महासंगको महासचिवको हत्या, विरेन्द्रकै भाई धिरेन्द्रको मृत्यु आदी आदी सयौ घटनाहरु छन् ।

भावी पुस्ताले अध्ययन गर्ने ईतिहासलाई दह्रो, सान्दर्भिक र परिणाममुखी बनाउनको लागि हजारौं नेता, राजनेता, कार्यर्ताहरुले आफनो दिलोज्यान दिएर लागि परे भने हजारौले वलिदान दिए, परिवार गुमाए, सम्पत्ति गुमाए अझ भनौ यस धर्तीमा जन्मेपछि नैसर्गिक अधिकारभित्र रहेर पाउनु पर्ने सवै थोक गुमाए ।

यसको ज्वलन्त उदाहरणको रुपमा माओवादी जनयुद्धलाई लिन सकिन्छ र यो वर्तमान अवस्थासम्मको सवै नेपालीको मनमस्ष्तिकमा मेटन नसकिने गरि लाहाछाप जतिकै गरी टाँसेको पोष्टर झैं स्पष्ट छ र अझ भनौ भने स्वर्ण होईन हिरा जडित युग हो ।

जनयुद्धले कोरेको र स्थापित गर्न खोजेको ईतिहास जति वलियो र अर्थपूर्ण छ त्यसको परिपुर्ति र मानो भर्ने कार्य फेरी दोहोरिन सायद असम्भव नै होला । यसको सम्पूर्ण श्रेय जनयुद्धका योजनाकार, योजनाभित्र आसिन रहेका महानयोद्धाहरु नै हुन ।

यिनीहरु सवै हिराजडित ईतिहासमा स्वर्ण अक्षरमा कुंदिने छन् । समरपण आफु यति सक्षम, पारदर्शि, देश र जनताको निम्ति समर्पित रहंदै आए तापनि वर्तमान अवस्थामा आएर वाम एकताको खल्लो र सस्तो भाउमा आफुलाई मोलमोलाई गर्दै विगतका राष्ट्रघातीहरु तर अहिले निकटतम सम्झेर अंगालोमा बाँधिन आएकाहरु जो मौका पाए माओवादीलाई सिध्याउन समेत पछि नपर्नेहरुसंग कुम मिलाउनु र उनीहरुले बोक्न नसक्ने भारी आफैंले बोकेर उनीहरुलाई सहज र सरल बनाउने कार्यले आफनै कार्यकर्तामा मनमुटाव र वितृष्णा उत्पन्न हुने वातावरण निर्माण गर्नु राजनितीको खेल हुन सक्छ तर कदापी आफु कमजोर भएको हुन सक्दैन र आफनो नाक काटेर अर्काको नाक जोडि दिन सक्दैन ।

त्यो पक्षसंग काँधमा काँध मिलाउनुको अर्थ के ? यिनीहरुवाट आशा के गर्ने ? यिनीहरुको भरोसा के छ ? यिनीहरुले गर्न सक्ने के छ ? यिनिहरुको भविष्यको खाका के छ ? यी तमाम प्रश्नहरुको खातिर वाम एकताले जनतामा नैरास्यता र अन्यौलता उत्पन्न गराएको पक्कै पनि छ ।

विगतलााई पनि यसो नियालौं – यिनीहरु नै होईन र विगतमा माओवादी आफैं सिद्धिदै छ भनेर भन्ने ? यिनीहरु नै होईन र २०६४ मा सम्पन्न संविधानसभाको चुनावको परिणामपछि माओवादी पाखा लाग्छ भनेर भन्ने ? यिनीहरु नै होईन र माओवादीको शिर्ष नेताहरुको टाउकोको मोल तोक्ने ? यिनीहरु नै होईन र माओवादीको आमसभा स्थल घेराउ गरेर नरसम्हार गर्ने ? यिनीहरु नै होईन र प्रथम राष्ट्रपति चयनमा रामवरणलाई जिताउने ? यिनीहरु नै होईन र पशुपतिनाथको मन्दिरको भेटीको सहि तरीकाले सदुपयोग हुनु पर्छ भन्दा अवरोध गर्ने ? यिनीहरु नै होईन र नेशनल गेममा जनमुक्ति सेनालाई समावेश नगराउने ? यिनीहरु नै होईन र नेपाली सेनाको विषयमा आवाज उठाउदा माओवादीलाई पन्छाउन खोज्ने ? यावत प्रश्न र विडम्वनाहरु धेरै छन् ।

१० वर्षे जनयुद्धकालमा यिनीहरुवाट के सहयोग पायो माओवादीले ? यिनीहरु ७ दल भन्दै राजधानीको टुंडिखेल वरिपरि सिमित आन्दोलन गरिरहंदा यिनीहरुको हैसियत के थियो र कहाँ थिए ? भन्ने कुरा नेपाली जनतालाई पुस्तक जतिकै छर्लंग छ ।
देश र जनताको लागि यति ठूलो त्याग, तपस्या, वलिदानी अरु कुन चाहि राजनितिक पार्टीले गरयो यो देशमा ? ईतिहास साक्षी छ । भनिन्छ, “बारी पनि वेच्यो र बाली पनि वेच्यो । बारी वेचेपछि बाली चाहि आधा आधा गरौ” भने झै भएन र यो ? हो भविष्यको नयाँ संघर्ष र समयले अनि वलिदानीले अहिलेको ईतिहासलाई फिका सावित गर्ला तर हालसम्मको लागि यो हो नी मजवुत, सक्षम र सान्दर्भिक पक्ष र ईतिहास त ।

उनीहरुले देश र जनताको लागि कति जनाको वलीदानी दिए ? उनीहरुले कोरेको देश र जनताको भविष्यको खाकामा नेपालको नयां संरचना कुन शब्दकोषमा थिए ? नेपाली जनतालाई राजनितिप्रति, विकासप्रति, शिक्षाप्रति, चेतना दिनु पर्छ भन्दा यिनीहरु नै होईन त अवरोध गरेर माओवादीको पथमा तगारो लगाउने ? वारम्वार देशको बागडोर सम्हालेर पनि सिन्को भांच्न नसक्ने यिनीहरु नै होईन र ?

तर राजनीति एक भयंकर वुद्धिचाल खेल हो र यसको समापन पनि हुदैन अनि यो निरन्तर खेलीरहने खेल पनि हो । हार्न खोज्छ हार्दैन पनि र जित्न खोज्न जित्दैन पनि । यो कुरा त नेतृत्व वर्गलाई राम्रैसंग याद हुन्छ नै ।

यदि हातेमालो गर्नु छ भने यस्तोसंग गर्नुस जसले कमजोर भएको वेला प्राण धान्नको लागि एक घुट्को पानी देओस, आफु नग्न अवस्थामा पुग्दा लाज ढाक्ने कछाड देओस, मनको भाव पोख्न खोज्दा लेख्ने कलम नदिएपनि मसि किन्ने ठाउ देखाई देओस, अन्धकारमा छाम्दै हिड्दा मैन वत्ति र टुकी बालेर बाटो नदेखाएपनि अलि अगाडि गएपछि भिर र खाल्डो छ भनेर सत्य वताई देओस, चुड्न लागेको झोलुंगे पुल तर्दा कमजोर छ भनि देओस ।

वाम गठवन्धनले माओवादी कमजोर नहोस र कमजोर हुने अवस्था नआओस । माओवादी अहिलेसम्म फलामको चिउरा हो जो कोहीले चपाउन सक्दैन । आफुले रचेको ईतिहास मेटने काम नहोस । संगत गुनाको फल भने झैं गलत संगतले गलत परिणाम निम्त्याउछ । आफनो पार्टीभित्रैवाट विद्रोह हुन सक्छ विचार पुरयाओस । आफु कमजोर भएपछि अहिलेसम्म लागेका आरोप, प्रत्यारोपहरु पुष्ट्याउन सहयोग पुग्नेछ त्यसतर्फ ध्यान देओस । भोलीका दिनमा राम्रै कार्यहरु पनि नराम्रो सावित गर्नेछन् यिनीहरुले त्यसतर्फ विचार पुरयाओस । महानजनयुद्ध सफल पार्ने सपुतहरुको आंट र भरोसामा धमिरा लाग्ने कार्य नगरोस । हिमालदेखि वग्ने कर्णाली र कोशी नदी झै अटल र अचल वलिदानी दिनेहरुको रगतले दिएको परिवर्तनको रंगीचंगी नदीलाई चारैतिरवाट ढल मिसाउने कार्य नहोस ।

गुरांश सिउरिने चेलीहरुको रगतले सिउरेको परिवर्तन र नवयुगको संरचनाहरुमा खहरेखोलाको झैं क्षणिक वाढी र पहिरोले नबगाओस । सुनैसुनको गजुरलाई चोरी गराएर फलामै फलामको गजुर निर्माण गर्ने कार्य नहोस । झुप्रो र छाप्रोमा वसेर हास्नेहरुको मुहारमा कुठाराघात नहोस र वेदनामा बाँच्ने समय फेरि नदोहोरियोस ।

गाउ गाउमा फुलेर गाउलाई नै सुन्दर र मनमोहक बनाउने लालुपातेहरुमा किरा लागेर विषादी छर्न नपरोस । २४ सै घण्टा हिडिरहने वाटो भोली फेरी यो बाटो कहां पुग्छ भनेर मैले सोध्न नपरोस । चट्टटानहरु पग्लेर चट्टटान खोज्न नपरोस । आफुले कोरेका गोरेटोहरु मेटेर फेरी गोरेटो खोज्न नपरोस । गुराँशे डाँडामा गएर गुराँशका विरुवाहरु खोज्न नपरोस । हिजोका दिनमा साथ दिने वनका वुट्यान र झाडीहरु खोज्न नपरोस ।

पिलपिल वल्ने दिपमा सिरेटो हावा र प्रज्वलनशिल पदार्थ पनि बन्न नपरोस । अव त झन सहज भएको छ कि हिजोको दिनमा हजारौले वलिदान दिएर गए अव लाखौले वलिदान दिन तयार छ ती आत्माहरुको सम्मानको लागि । नेपाली जनताले र नेपाली राजनीतिले झेल्दै आएको विसर्जनवाद, हस्ताणतरणवाद, लम्पसारवाद, अंगालोवाद, आदी सवैको अन्त्यतर्फ उन्मुख भएर देशले नयां कांचुली फेर्न सकोस ।