You are here
Home > कला > कम्रेड प्रश्न तिमीलाई ….?

कम्रेड प्रश्न तिमीलाई ….?

९ फाल्गुन २०७४, बुधबार १२:३५

-प्रकाश पुन मगर

माअोलाई तिम्रो भनाई के हुन्छ ?? अब ,

जब हिजो शब्द सापटी लिएर अायौ ।।

हजारौं सहिदलाई के भन्छौं ?? अब,

जब हिजो मिठो सपना बाडेर युद्धमा लिएर  गयौ  ।।

तिमीलाई हजारौं प्रश्नमा थाेरै सोधे , अनि लाखौं जनतालाई के भन्छौं ?? अब,

जब हिजो परिवर्तनको नाममा अाशु दिएर गयौ  ।।

कम्रेड तिमीलाई करोडौं जनताको लाखौं प्रश्न , बेपत्ता / घाइतेहरूलाई के भन्छौं ? ? अब,

जब हिजो युद्धको मैदानमा बाच्ने अाशा नराखि लडाएर गयौ  ।।

हामिले के पायौं र तिमिले के गुमाएउ कम्रेड, दैनिक खाडीमा पसिना चुहाउने युवालाई के भन्छौं ?? अब

जब हिजो तिम्रो पछाडि पछाडि पुछर झै सडाएर गयौ  ।।

कम्रेड तिमिलाई प्रश्न ऐतिहास के हुन्छ , रातो भनिएको जनयुद्धको ऐतिहासलाई के भन्छौं ?? अब

जब हिजो हजारौं सहिदको रगत बगाएर गयौ  ।।

तिमीले देखेको परिवर्तन यहीँ हो , पहिचानको कुरामा के बोल्छौ ?? अब

जब हिजो पहिचानको नाममा अाफ्नो पहिचान बोकेर गयौ  ।।

कम्रेड तिमीलाई नसकिने प्रश्न , हाम्रो जनयुद्धको अस्तित्व खै कहाँ नीर लेख्छौ ?? अब

जब हिजो जन सत्ताको लागि भन्दै जनता लडार अायौ ।।

कम्रेड हामी लड्दै आयौ सोजा जनताको चुहिने छानो अझै उस्तै छ तिम्रो त सब थोक परिवर्तन सगै विकास भएछ अझै लाखौं जनता माअोवदि नै छन। हामी माअोवादि / हाम्रो पहिचान ।।