You are here
Home > साहित्य > कति सकेको गर्न,बेर्थै भुटो र गनगन

कति सकेको गर्न,बेर्थै भुटो र गनगन

९ फाल्गुन २०७४, बुधबार १६:१०

गणेश भण्डारी

कति सकेको गर्न,बेर्थै भुटो र गनगन
सपना निमोठी आफ्नै,बैरी हसाउदै रनबन
सागर भेट्टाउने यात्रा कुलो चिरेर भाग्दै
हिंड्न् थियो समर कोस ब्याबधान हजार नाग्दै

लुला गरायौ खुट्टा ,भाग्यौ उकाली बाट
हिउँ झै बनायौ हिम्मत छडकेउ लडाइँ बाट
मुतेर आफ्नै शरिरमा क्या राप ताप तापिराछौ
छुट्टीइ मन्जिल बाट एकलै के बाटो नापिराछौ

गाली नगर आउ विशाल यो पन्क्ती छाडेर
जितिन्न एक्लै सकिन्न फेरिन्न एक्लै रोयर
मास्नु छ यी विष वृक्ष नास्नु छ शोषण गरिबी
पाल्नु छ जतन गरेर समता स्वाधिनता समृद्धि ।