You are here
Home > राजनीति > मन्त्री बने ,पुर्बी रुकुम ,दुरदराजमा राज्यकाे पहुँच पुर्याउछु – माननिय कमला राेका ,कुन प्रदेसबाट काे काे अाकाङ्क्षी पुरा पढनुस

मन्त्री बने ,पुर्बी रुकुम ,दुरदराजमा राज्यकाे पहुँच पुर्याउछु – माननिय कमला राेका ,कुन प्रदेसबाट काे काे अाकाङ्क्षी पुरा पढनुस

१२ फाल्गुन २०७४, शनिबार १८:०५

एमालेसँग भएको सहमति अनुसार माओवादीले केन्द्रीय सरकारमा ७ वटा मन्त्रालय पाउनेछ । तर, माओवादीका आकांक्षी भने एक दर्जन बढी छन् ।

७७ जिल्ला मध्ये कान्छाे जिल्ला मानिएकाे पुर्बी रुकुमबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित कमला राेका मगर पनि मन्त्रीपदमा अाकांक्षा ब्यक्त गरेकी छिन । पांच नं प्रदेस अन्तरगत प्रत्यक्षमा तर्फ चुनाब जित्ने एक्ली महिला उमेदवार पनि हुन ।

माअाेबादी जनयुद्दमा जनमुक्ति सेनाकाे बिर्गेट कमिसार पहिलाे छापामार नामले चिनिने राेका हाल पार्टी महिला बिभाग ईन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य हुन ।

तपाई मन्त्रि बन्ने सम्भाबना कति छ ? बन्ने अाधार के छ ? भनि नेपाल न्युजले राखेकाे जिग्यासामा उनले यसाे भनिन ” पार्टीकाे निति र बिधि मान्ने हाे भने पद्दतिका हिसाबले म पनि एउटा दाबेदार हाे ,त्यति मात्र नभएर सबै जिल्ला मध्ये कान्छाे जिल्ला पुर्बी रुकुम जाे जिल्ला बिकास निर्माण ,स्वास्थ , शिक्षा , राेजगार , तगायतका हिसाबले राज्यबाट दुरदराजमा राज्यकाे पहुच पुर्याउन र बर्ग , क्षेत्र , लिङ्गका अाधारमा म मन्त्री बन्नु पर्छ ” ।

माअाेबादी केन्द्रबाट बिभिन्न नेताकाे अाअाफ्नाै दाबी रहेकाे छ ।ओली नेतृत्वको सरकारमा वादल समूहका देव गुरुङले सभामुख पदमा दावी गर्दै आएका छन् पम्फा भुसाल पनि महत्वपूर्ण मन्त्रालयकी दाबेदार हुन् ।

सभामुखमा कृष्णबहादुर महरा ले दाबी गरेका छन भने मधेसी समुदायबाट मातृका यादव पनि मन्त्री बन्ने लगभग पक्कापक्की देखिन्छ ।

माओवादी केन्द्रको विहीबार साँझ बसेको बैठकले मन्त्री छान्ने जिम्मा प्रचण्ड, नारायणकाजी र बादललाई सुम्पेको छ । र, मन्त्री बनाउँदा प्रत्येक प्रदेशलाई पनि समेट्ने भनिएकाे छ ।

कुन प्रदेसबाट कस्काे सम्भाबना छ ?

प्रदेश १ बाट हिमाल किराती लगाएत अमनलाल मोदी, राम कार्की र शिवकुमार मण्डलसमेत प्रदेश १ बाट मन्त्रीका दाबेदार हुन् ।

प्रदेश २ बाट गिरिराजमणि पोखरेल र प्रभु साह मन्त्रीका बलिया दाबेदार हुन् ।

त्यसैगरी प्रदेश ३ बाट अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, रामबहादुर थापा बादल र हितबहादुर तामाङ मन्त्रीका दाबेदार हुन् ।

प्रदेश ४ बाट देवेन्द्र पौडेल, देव गुरुङ र हरि अधिकारी मन्त्रीका दाबेदार हुन् ।

प्रदेश ५ बाट मन्त्रीको दाबी गर्नेहरुमा वर्षमान पुन, कृष्णबहादुर महरा, चन्द्रप्रकाश खनाल, टोपबहादुर रायमाझी, हुन ।

प्रदेश ६ बाट संघीय मन्त्रीका दाबेदारहरुमा शक्ति बस्नेत, टेकबहादुर बस्नेत र जनार्दन शर्मा छन् ।

प्रदेश ७ बाट संघीय मन्त्रीका दाबेदाहरुमा लेखराज भट्ट र विना मगर छन् । विना प्रचण्ड परिवारको सदस्यसमेत भएकाले मन्त्री बन्ने सम्भावना बढी रहेको बजारमा अलि बढि हल्ला चलेकाे छ ।