You are here
Home > राजनीति > “कानुन नमान्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछु”-लाल बाबु पण्डित,मन्त्रि जनसंख्या तथा वातावरण

“कानुन नमान्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछु”-लाल बाबु पण्डित,मन्त्रि जनसंख्या तथा वातावरण

१३ फाल्गुन २०७४, आईतवार १३:४९

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्।

आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वारिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितले जानकारी दिए।‘कानुनका आवश्यक मापदण्ड पूरा नगरी उनीहरुले संरचना बनाएका रहेछन्, यस्तो अरुले पनि गरेका छन्, तिनलाई कानुनको परिधिमा ल्याउने संकेतस्वरूप यो कारबाही गरिएको हो,’ मन्त्री पण्डितले भने, ‘यो त सुरूवात मात्र हो कानुन नमान्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछु।’

आजको बैठकले काठमाडौं मोडल अस्पताल, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बाल अस्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको छ।त्यस्तै अरनिको सिमेन्ट उद्योग, काठमाडौं दुग्ध विकास आयोजनालाई पनि इआइए नगरेकोमा ५० हजार जरिवाना तिराउने निर्णय भएको समेत मन्त्री पण्डितले जानकारी दिए।