You are here
Home > राजनीति > बादलको नेतृत्वमा आजै सरकारमा सहभागी हुँदै

बादलको नेतृत्वमा आजै सरकारमा सहभागी हुँदै

१४ फाल्गुन २०७४, सोमबार १०:४४

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान ९ बजे देखि सुरु भएको  छलफलमा अध्यक्ष दाहालले माओवादीको तर्फबाट मन्त्री हुनेको सूची प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दैछन्।

माओवादीको भागमा गृहसहित ७ मन्त्रालय परेका छन्। रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, अग्नि सापकोटा, विना मगरको नाम मन्त्री बन्ने सूचीमा छ। अन्य दुई जनामा पम्फा भुषाल, अमनलाल मोदी, हितबहादुर तामाङ, सुरेशकुमार राईमध्येबाट हुनसक्ने स्रोतले बतायो।

फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसलगत्तै लालबाबु पण्डित र थममाया थापा सम्मिलित मन्त्रिपरिषद गठन गरेका थिए। माओवादीले पार्टी एकीकरण प्रक्रिया अघि नबढेसम्म मन्त्री नपठाउने अडान लिएपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन।

आज दिउसो ४ बजे सपथग्रहणको कार्यक्रम समेत तय भएको छ /