You are here
Home > राजनीति > दौरा सुरुवात लगाउदैमा राष्ट्रियता बलियो हुन्न”

दौरा सुरुवात लगाउदैमा राष्ट्रियता बलियो हुन्न”

१४ फाल्गुन २०७४, सोमबार १२:४३

 

महोत्तरी/बर्दिबास
दौरा सुरुवाल लगाउदैमा राष्ट्रियता बलियो नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
जयगाेविन्द साह अध्ययन केन्द्र र अाधारशिलाकाे अायाेजनामा महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित “नेपालि राष्ट्रियता र भाषाकाे सन्दर्भ” विषयक प्रवचन कार्यक्रममा बोल्दै बक्ताहरुले नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएको बताउदै भाषा र पोशाकको आधारमा राष्ट्रियता को विश्लेषण गर्नु गलत भएको बताए ।
दौरा सुरुवाल लगाएर नेपाली भाषा बोल्दा राष्ट्रियता देखिने तर आफ्नो मात्रीभाषा बोल्दा र जातिय पहिचान झल्काउने पहिरन लगाउदा राष्ट्रियता नदेख्ने सोच नै गलत छ, बाम बुद्धिजीवी तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले भन्नुभयो : भाषा निति समाजवादी हुनुपर्छ ।
राष्ट्रियता र भाषाको विवाद गर्नुहुन्न श्रेष्ठले भन्नुभयो : एक भाषाले अर्को भाषालाई सम्मान गर्नुपर्छ तब मात्रै राष्ट्रियता बलियो हुन्छ ।
श्रेष्ठले सबै भाषालाई सरकारी काम काजको भाषा बनाउनु पर्नेमा जोड दिनुभयो । बामपंथी शक्तिहरुले समाजवाद सम्म पुग्ने लक्ष्य लिइसकेको अवस्थामा भाषा निति पनि समाजवादी हुनुपर्ने बताउदै श्रेष्ठले सबै जातजाति, धर्म, सस्कृती र भाषालाइ सम्मान गर्न सके मात्रै राष्ट्रियता बलियो हुने बताउनुभयो ।
कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार एवम् पुर्व शिक्षा मन्त्री डाक्टर मोदनाथ प्रश्रीतले परराष्ट्र नीति, राष्ट्रिय एकता र कुटनितीले नेपाली राष्ट्रियता र भाषाको संरक्षण गर्न सक्ने बताउनुभयो । सबै क्षेत्रमा समान पहुँच, प्रतिनिधित्व हुनुपर्छ प्रश्रीतले भन्नुभयो : जातको आधारमा फरक छुट्टाउन नहुने बताउनुभयो । बामपंथी एकताको विकल्प नभएको बताउदै प्रश्रीतले बामपंथी एकता बिरोधि हरु परिवर्तन बिरोधि भएको संज्ञा दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य रामचन्द्र झाले हिमाल, पहाड र तराई/मधेसको फरक फरक भाषा, सस्कृती भएको हुनाले सबै भाषाको स्थान उच्च रहेको प्रष्टाउनुभयो । राष्ट्रियता र भाषा फरक बिषय हुन झाले भन्नुभयो : भाषा कै आधारमा राष्ट्रियताको विश्लेषण गर्ने र राष्ट्रियता हुन नेपाली भाषा नै अनिवार्य हुनुपर्ने भन्ने कुरा गलत छ ।
राष्ट्रको माया सबैलाई छ । हामी सबैमा राष्ट्रियता छ । तर भाषा कै आधारमा कित्ताकाट गर्नुहुन्न : झाले भन्नुभयो सबै भाषा नेपाली भाषा हुन, नेपालीको भाषा हुन ।
करिब १ घण्टाको प्रवचनमा झाले विशेष गरि नेपालीको आफ्नै भाषा र पहिचानलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य गोपाल ठाकुरले तराई/मधेसको भाषा र सस्कृती लाई राष्ट्रले सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । मधेसी भाषा बोलेकै आधारमा मधेसी समुदायलाई राष्ट्रियता माथी प्रश्न चिन्ह उठाउने गरेको ठाकुरले गुनासो गर्नुभयो ।
हो ! हामी अलि अलि हिन्दी भाषा बोल्छौ तर हामीलाई भारतीय भन्न मिल्छ ? ठाकुरले आक्रोश व्यक्त गर्नुभयो । राष्ट्रियता को सवालमा मधेसी समुदाय प्रतिबद्ध रहेको बताउदै ठाकुरले भाषाकै आधारमा विभेद गर्न नहुने बताउनुभयो ।
महोत्तरी जिल्लाको प्रदेश सभा सदस्य सुरिता शाहले नेपाली भाषा हिन्दी भाषाबाट आएको बताउदै हिन्दी भाषालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । शाहले राजनैतिक पुर्वाग्रहको आधारमा राष्ट्रियता मापन गर्ने चलन नै गलत भएको बताउनुभयो ।
भाषा ठूलो कुरो होइन देशप्रती को माया हुनुपर्छ । शाहले भन्नुभयो : हिन्दी भाषा नेपालीको प्राथमिकतामा परेन । हिन्दी भाषालाइ चलनचल्तीमाको भाषा बनाउ ।
जयगोबिन्द साह अध्ययन केन्द्रका अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा आधारशिलाका अध्यक्ष माधव कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व शिक्षा मन्त्री एवम् नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेल, र धनिराम पौडेल लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

दर्शक दिर्घामा दुई पुर्व मन्त्री

महोत्तरी/बर्दिबास
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको कभर्डहलमा “नेपालि राष्ट्रियता र भाषाकाे सन्दर्भ” विषयक प्रवचन कार्यक्रम चलिरहदा दुई मन्त्री भने दर्शक दिर्घामा बस्नुभएको थियो ।
पुर्व स्वास्थ र शिक्षा मन्त्री एवम् महोत्तरी जिल्लाको प्रतिनिधिसभा -१ बाट बिजयी गिरिराजमणि पोखरेल र पुर्व शिक्षा मन्त्री धनिराम पौडेल पूरा कार्यक्रम अवधिभर दर्शक भएर नै बस्नुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता समेत रहनु भएका दुई पुर्व मन्त्री ले कार्यक्रममा मन्तव्य समेत दिनुभएन ।
दुबै नेता सङ्गको छलफल पछि प्रवचन कार्यक्रमको लागि सिमित वक्ता तय गरिएकोले उहाँहरु कार्यक्रममा दर्शकको रुपमा बस्नुभएको आधारशिलाका सदस्य इन्द्र लामाले जानकारी दिनुभयो ।