You are here
Home > राजनीति > ओली सकारमा गृहमन्त्री भए “बादल”

ओली सकारमा गृहमन्त्री भए “बादल”

१४ फाल्गुन २०७४, सोमबार १६:५२

गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि आज सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

बिभिन्न अड्कलबाजी र हल्ला भएपनि अन्तत माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा”बादल “ले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।  माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् ।

एमालेबाट थपिएकामध्ये इश्वर  पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने  पूर्व गर्भनर डा.युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन्  / थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश : वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए । योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।