You are here
Home > मनोरञ्जन > ‘दबंग द टुर नेपाल’ कार्यक्रम स्थगित

‘दबंग द टुर नेपाल’ कार्यक्रम स्थगित

१८ फाल्गुन २०७४, शुक्रबार १३:०१

नायक सलमान खान सहभागी हुने भनिएको कार्यक्रम ‘दबंग द टुर नेपाल’ स्थगित भएको छ।यही १० मार्चमा काठमाडौँको टुडिखेलमा हुने भनिएको ‘दबंग द टुर नेपाल’ कार्यक्रममा अभिनेता सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो। कार्यक्रमकै तयारीका लागि भनेर सलमानका भाइ सोहेल खान यसअघि नै नेपाल आएर फर्किसकेका थिए।

सलमानको  कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो।  आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा सहभागीता जनाउन नचाहेको बताइएको छ।-नेपाल खबर