You are here
Home > समाचार > प्लेन दुर्घटना-अवतरण गर्दा गलत रुट प्रयोग

प्लेन दुर्घटना-अवतरण गर्दा गलत रुट प्रयोग

२८ फाल्गुन २०७४, सोमबार १६:२७

काठमाण्डौ-युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्।त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संचारमाध्यम लाई दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो।यसरी अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसके पछि विमान दुर्घटना भएको विमानस्थल क्षेत्रीले जानकारी दिए ।

विमानमा ६७ यात्रु  ४ जना चालक दलका सदस्य सहित जम्मा ७१ जना सवार थिए / पछिल्लो जानकारी अनुसार ३० जना यात्रुको उद्दार गरिएपनि उद्दार गरिएका हरुको पनि धेरैको मृत्यु भएका कारण निकै ठुलो मानबिय क्षति भएको अनुमान गरिएको छ ,यसबारेमा सरकारी निकाएबाट भने अहिले सम्म क्षतिको एकिन बिबरण भने आइसकेको छैन /