You are here
Home > राजनीति > नेपाल मगर संघले गर्यो मगर माननीयहरुलाई ‘ बधाइ तथा शुभकामना ‘ कार्यक्रम !!

नेपाल मगर संघले गर्यो मगर माननीयहरुलाई ‘ बधाइ तथा शुभकामना ‘ कार्यक्रम !!

३० फाल्गुन २०७४, बुधबार २१:००

फाल्गुन – ३०, काठमाडौ ।

नेपाल मगर संघ आयोजनामा २०७४ सालको निर्बाचनमा रास्ट्रीय सभा , प्रतिनिधि सभा तथा प्रदेस सभामा निर्बाचित मगर समुदायको माननीय सदस्यहरुलाइ काठमाडौको नयाँ बानेश्वर स्थित अर्याल होटलमा एक कार्यक्रम गरि ‘ बधाइ तथा शुभकामना ‘ कार्यक्रम सम्पन्न गरेको छ ।

 

माननीय गृहमन्त्री राम बाहादुर थापा ‘ बादल ‘ प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा माननिय महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापामगर , पुर्ब सभामुख माननीय ओनसरी घर्ती , पुर्ब अर्थमन्त्री बर्षमान पुन ‘अनन्त ‘, ५ नम्बर प्रदेस सभामुख माननीय पुर्ण बाहादुर घर्तिमगर , पुर्ब मन्त्री माननीय जयपुरी घर्ती लगायतको विशेष उपस्थिती रहेको थियो ।

 

उपस्थित माननीयहरुलाइ आयोजक नेपाल मगर संघका अध्यक्ष नवीन रोक्कामगर ज्युले सेतो टीका लगाएर बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि राम बाहादुर थापा ‘ बादल ‘ ज्यु ले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

 

अन्य अतिथिहरुमा माननीयहरु दल बाहादुर राणामगर , बिन्दादेबी आलेमगर , प्रेम आलेमगर , राम कुमारी झाक्री ,अमृता थापामगर , तुलसा थापामगर , धन बाहादुर बुढामगर , बिना कुमारी बुढाथोकीमगर , मिना बुढामगरको उपस्थिती रहेको थियो भने अन्य आमन्त्रित अतिथिहरुमा शुरेस आलेमगर , बालाराम घर्तिमगर , एम. एस. थापामगर , महेन्द्र थापामगर , क्याप्टेन याम बाहादुर बुढाथोकिमगर , बम कुमारी बुढामगर , लोक बाहादुर थापामगर लगायतका मगर समुदायका अग्रजहरुको उपस्थिती रहेको थियो ।

 

प्रमुख अतिथी राम बाहादुर थापा ज्युले उपस्थित माननीय ज्यु हरुलाइ बधाइ तथा आभार ब्यक्त गर्दै आफू लगायत निर्बाचित माननियहरुले जनताको जनमतलाइ उच्छ मुल्याङ्कन गर्दै आ – आफ्नो कार्यक्षेत्रमा आफ्नो बिबेक र बर्कतले भ्याए सम्म भुमिका खेल्ने प्रतिबद्दता जाहेर गर्नुभयो ।आफुले गृह मन्त्रालय सम्हाल्दै गर्दा फेरि पनि हिजो पृष्ठ भागमा रहेको भ्रष्ट , दलाल , पुँजिपती बर्ग अहिले मध्यभागमा खडा भएर ब्यबधान पुर्याउन सक्ने हुँदा समयमै पहिचान गरि त्यस्ता तत्वबाट सचेत गराएर आफुलाइ सहयोग गर्न समेत अपिल गर्नुभयो ।