You are here
Home > समाचार > माननीय शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको-डे नोट(चैत्र ३,२०७४)

माननीय शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको-डे नोट(चैत्र ३,२०७४)

४ चैत्र २०७४, आईतवार १३:००

०३ चैत्र २०७४,एक दिन 

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आज कम्युनिष्ट आन्दोलनका अग्रजहरु संग भेट गरेर बधाई र शुभकामना लिनुभएको छ । मन्त्री भएपछी बधाई र शुभकामना दिन आउनेहरुको भिडलाई छिचोल्दैं आज दिनभर जस्तैं मन्त्री पोखरेलले आफ्ना अग्रज तथा पुराना बापंथी नेताहरुलाई घरैंमा पुगेर भेट गर्नुभएको छ । निवासमा बधाई र शुभकामना दिनेहरूको सयौं भिडका बिच पनि उहाँले आफ्ना अग्रज तथा शुभचिन्तकलाइ भेट गर्नुभएको हो ।

अन्य मन्त्रीहरु भन्दा धेरैं कुरामा फरक जिवनशैली भएका मन्त्री पोखरेलले हिजो सपथ ग्रहण लगत्तैं पार्टी केन्द्रीय कार्यालयमा पुगेर शहिद स्तम्भमा माल्यार्पण गर्नुभएको थियो । हिजो साँझ सपथ लिनुभएका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल आज बिहानैं देखी बिभिन्न भेटघाट तथा कार्यक्रममा व्यस्त हुनुभयो । आज बिदाको दिन परेकोले मन्त्री भएको दोस्रो दिन आज कम्युनिष्ट आन्दोलनका अगुवाहरु संग भेटघाट गर्नुभयो भने केही औंपचारिक कार्यक्रममा पनि सहभागी हुनुभएको छ । मन्त्री पोखरेलले आज काठमाडौ मैंह्पीमा बस्नुहुने साहित्यकार पारिजातको घरमा पुगेर उहाँकी बहिनी सुकन्या वाइबालाई भेट्नुभएको छ । त्यस्तैं मैंह्पी नैं बस्नुहुने जन गायक रामेश/रायन श्रेष्ठको घरमा पुगेर बधाई तथा शुभकामना ग्रहण गर्नुभयो । त्यसैगरी काठमाडौ मित्र नगर बस्नुहुने बामपंथी आन्दोलनका धरोहर स्वनाम साथीलाई पनि भेट गर्नुभएको छ ।

मन्त्री पोखरेलले आजै महाराजगन्ज स्थित डाक्टर महेश मास्के र चन्द्रा मास्केको परिवारलाई भेट गर्नुभयो । त्यस्तै चाबेल बस्नुहुने अग्रज बामपंथी नेता ८३ बर्षिय तिलक गुरुङलाई भेट गर्नुभयो । मन्त्री पोखरेल घोडे जात्राको अवसरमा टुडिखेलमा आयोजित घोडे जात्रा बिशेष समारोहमा पनि सरिक हुनुभयो । मन्त्री भएको दोस्रो दिन निवासमा आएका शुभचिन्तक हरुको बधाई लिदै मन्त्री पोखरेल वरिष्ठ साहित्यकार निनु चापागाईंको निवास पुग्नुभयो । महोत्तरी जिल्ला निर्वाचन क्षेत्र १ बाट बिजयी हुनुभएका मन्त्री पोखरेल आजै महोत्तरी-काठमाडौ सम्पर्क मंचले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पनि सहभागी हुनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले शिक्षाको क्षेत्रमा २ नम्बर प्रदेश पछाडी परेको भन्दै शिक्षा र बिज्ञान प्रविधिको विकासको निम्ति आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदायमा आधारित भएर काम गर्नुपर्ने बताउदै पोखरेलले सबै पक्ष र क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै विमान दुर्घटनामा परेर निधन हुनुभएका डाक्टर बालकृष्ण थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्न मन्त्री पोखरेल आजै साझ पशुपति आर्यघाट पुग्नुभयो । मन्त्री पोखरेलले स्वर्गीय थापाको परिवारलाई भेटेर समवेदना पनि प्रकट गर्नुभएको छ ।