You are here
Home > राजनीति > प्रधानमन्त्री ओलीको पहिलो भ्रमण छिमेकी मुलुक भारत पक्का

प्रधानमन्त्री ओलीको पहिलो भ्रमण छिमेकी मुलुक भारत पक्का

८ चैत्र २०७४, बिहीबार ११:२७

चैत्र ८ : नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ ।  ओलीले आफ्नो पहिलो भ्रमणमा भारतलाई रोजेका छन् ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् ।

कुटनीतिक श्रोतका अनुसार भारतले चैत २४ देखि २६ सम्मका लागि ओलीको भ्रमण प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरि चैत २३-२५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए /