You are here
Home > मनोरञ्जन > बाल्कृष्ण ढुङ्गेलको एल्बम बिमोचित, छोरीले गरिन कार्यक्रमको सभापतित्व /

बाल्कृष्ण ढुङ्गेलको एल्बम बिमोचित, छोरीले गरिन कार्यक्रमको सभापतित्व /

९ चैत्र २०७४, शुक्रबार १७:०२
चैत्र ९ , काठमाडौ । ओखलढुंगाका भुबन भनिने उज्जन श्रेष्ठको हत्या अभियोगमा दिल्लिबजार स्थित सदरखोरमा रहेका बालकृष्ण ढुङ्गेलले आफुले रचना गरेका गिती एल्बम ‘खाली – खुट्टे’ काठमाडौ – बबरमहलको कार्की पार्टी प्यालेसमा एक कार्यक्रम गरि बिहिबार बिमोचन गरि सार्बजनिक गरेका छन
सात वटा गित समबेस गरिएको उक्त एल्बम बिमोचन कार्यक्रमको प्रमुख अतिथी रास्ट्रीय गितका रचनाकार ब्याकुल माइला थिए भने अन्य अतिथिहरु पुर्ब सन्चार मन्त्री सुरेन्द्र कार्की , पुर्ब शिक्षा मन्त्री धनिराम पौडेल , पुर्ब राज्य मन्त्री देबि खड्का , लेखक युग पाठक , सहिद रित बहादुर खड्काका आमा मनमाया खड्का उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रमका सभापतित्व बालकृष्ण ढुङ्गेलका जेठी छोरी बिनिता ढुङ्गेलले गरेका थिए । उक्त गिति सङ्ग्रहका सङ्गितकार चेतन सापकोटा , निर्माता राजु केसि तथा निर्देसक रामराजा दाहाल हुन ।स्वर चेतन सापकोटा ,अन्जु पन्त , रामचन्द्र काफ्ले , दिपक लिम्बू , शिव परियारको रहेको छ ।
ढुङ्गेल पुत्री बिनिता ढुङ्गेलले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो बाबू गणतन्त्रका योद्दा हुन तर बिडम्बना पटक पटक जेल जानुपरेको प्रती रोष ब्यक्त गरे । मानबाधिकारकर्मीहरु प्रती इङ्गित गर्दै सारदा श्रेष्ठको मानबाधिकार खोज्ने अधिकारकर्मीहरु आफ्नो बाबू र आफ्नो परिबारको मानबाधिकारप्रती उदासिन देखेको बताए ।
 बिनिताले बोल्दै गर्दा उनी निक्कै भावुक देखिन्थे भने उपस्थित सबै स्तब्ध भएका थिए । उनले आफुहरु सानै छँदा बाबू माओबादी आन्दोलनमा होमिएकाले आफ्नो बालपन बाबुबिहिन हुदा निक्कै सुख्खा र निरसपुर्ण बितेको उधृत गरे । पछि जेल परेपछी विभिन्न सामाजिक लान्छना तथा प्रहरी – सेनाले दिएको अनाबस्यक दुख भोग्नुपरेको बताए ।
उनले मन गाठो पार्दै थपिन ‘ मैले सानोमा जनयुद्द के हो , केको लागि थियो बुझेको थिइन । त्यसैले आमालाइ बाबुको बारेमा सोधेर हैरान बनाउँथे , आमा अवाक बन्नुहुन्थ्यो । पछि बुवाले काठमाडौ बोलाएपछी आमाले ज्यामी काम गर्नुपरेको , म र बहिनी अनाथाश्रममा बस्नुपरेको तितो यथार्थ सम्झदा काहाली लाग्छ । बाबू सभासद भएपछी घर – गाडी नकिनेकोमा समेत रिसाएको थिए । पछि मैले बुझ्दै गए । अहिले बुबाले गरेको त्याग सहि रहेछ । घर र गाडी नकिनेर ओखल्ढुङ्गेली जनताको हितमा अहोरात्र खटेर अहिले बुबा ओखलढुंगाको जनता मनमा बस्न सफल हुनुभएकोछ । बाटोघाटो , पुल – पुलेसा निर्माण देखि अलैची र अनार रोप्ने अभियान सम्म चलाउने बुबालाई त्यहाका जनताले आत्मैदेखी आफ्नो सोच्छन त्यसैमा बुबाप्रती गर्व लाग्छ । तर बुबाको स्वास्थ्य स्थिती अत्यन्त गम्भीर छ । दुईवटा मृगौलामा एउटाले मात्र काम गर्छ , त्यही पनि २५ प्रतिसत मात्र । औसधिको माध्यमबाट पिसाब फाल्नुपर्छ । सुगर र प्रेसरले त्यत्तिकै गाँजेको छ । यस्तो अबस्थामा पनि उहामा देखिएको आत्मबिस्वास प्रती गर्व लाग्छ ‘ ।
त्यसै गरि ब्याकुल माइला , सुरेन्द्र कार्की , युग पाठक लगायतले ढुङ्गेल एउटा जनतामा समर्पित त्यागी र बिकासप्रेमी भएको कुरा त्याहाका जनताको अभिब्यक्तिबाट बुझेको जानकारी गराए । ‘उनी सार्प सुटरको रुपमा हेरिनु गलत हो । यस्तो मनोबिज्ञान बेक्नेहरुले उनको यो गितहरु सुनेर र भिडियोहरु हेर्न आग्रह गर्दछु ‘ बोल्ने क्रममा सुरेन्द्र कार्किले ब्यक्त गरे । https://youtu.be/Sw6cuu2nvJg