You are here
Home > Front News > चालक र सह चालकलाई ड्रेस अनिवार्य – डिअाईजिपी खनाल

चालक र सह चालकलाई ड्रेस अनिवार्य – डिअाईजिपी खनाल

१० चैत्र २०७४, शनिबार १६:००

नेपाल यातयात ब्यबसायी महासंघ र ट्राफिक महासाखा काे संयुक्त पहलमा अाजबाट उपत्यकामा चल्ने माईक्राे बस तथा ठुला सवारी यातायातका चालक तथा सह चालकले अाजदेखी अनिबार्य( ड्रेस) ज्याकेट लगाउनै पर्ने नियम लागु गरेका छन ।

काठमाण्डाैकाे ब्यस्त सडक सुन्धारा नजिक बाटाेमै राखिएकाे उक्त कार्यक्रममा ब्यबसायी माहासंघ का अध्यक्ष ताेयानाथ ब्रजाचार्य र ट्राफिक महासाखाका डिअाईजिपी (dipg) सर्बेन्द्र खनाल ले चालक र सहचालकलाई ज्याकेट लगाईदिएर उक्त कार्यकाे थालनी गरेका हुन ।

कार्यक्रममा चालकलाई ज्याकेट लगाईदिदै खनालले भने ” गाडि सफा राख्नु राम्राे ब्यभार गर्नु यात्रुलाई दुख नदिनु ” साेहि कुरा बारे प्रतिक्रिया दिदै खनालले यसले चालक र सहचालकलाई ब्यबहारत जिम्मेवारी बाेध गराउछ , र अनुशासनकाे पालना पनि गराउने कुरा समेत ब्यक्त गर्नु भयाे ।

हाल उपत्यकामा चल्ने बिभिन्न रुट र समिति मध्ये १९ समितिले अाजदेखि लागु गरेता पनि निकट भबिष्यमै देशैभरी याे कुरा लागुहुने महासंघका महासचिब सराेज सिटाैलाले बताउनु भयाे ।