You are here
Home > समाचार > भारत भ्रमण अगाडी चैत्र २१ गते पार्टी एकता – एकता फिप्टी फिप्टी

भारत भ्रमण अगाडी चैत्र २१ गते पार्टी एकता – एकता फिप्टी फिप्टी

१३ चैत्र २०७४, मंगलवार ००:२८

नेकपा  एमाले र माअाेबादी पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताउदै अाएता पनि चैत्र २१ गतेनै पार्टी एकता हुने बताईएकाे छ ।

अाज वाईसियल केन्द्रिय कार्यालय टिमसंगकाे एक छलछलमा  अध्यक्ष प्रचण्डले साे कुरा बताएकाे वाईसियलका एक नेताले नेपाल न्युजलाई  बताएका छन ।

बर्तमान सरकार प्रमुख के पी सर्मा अाेली भारत जानु अघि याे निर्णय गर्नुपर्ने प्रचण्डले बताएकाे एक नेताले बताए  ।

अध्यक्ष प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् ।

“पार्टी एकताबारे बाेल्दै प्रचण्डले भन्नु भयाे  ” यसमा केही गलत समाचार बाहिर आएका छन् । कुरा स्पष्ट के छ भने संगठन बनाउँदा दुवैपक्षका बराबर हुन्छन् । एक जना पनि थोरै भएर एकता हुँदैन । बराबर नभए एकता नै हुँदैन । ”

यस अघि माओवादीको ९९ र एमाले २०६ जनालाई समेटेर ३५० जनासम्मको केन्द्रीय समिति, बनाउने भनिएता पनि  अाब पार्टि एकताहुदा फिप्टि फिप्टी हुने प्रचण्डले  बताउनुभयाे ।

प्रचण्डले एमालेमा भन्दा माओवादीमा बढी प्रतिबद्ध र पूर्णकालीन कार्यकर्ता रहेको पनि दावी गरेका छन् ।

सो प्रशिक्षणमा प्रचण्डले दुवै पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने, आलोपालो बैठक गर्ने र समान अधिकार रहने सहमति भएको पनि सुनाएका छन् ।

महाविधेशनसम्म दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष रहने र आलोपालो बैठकको नेतृत्व गर्ने सिद्धान्त बनाइएको छ’ प्रचण्डले भने ।

प्रचण्डले हतारमा एकता नहुँने पनि बताएका  बताएपछि एमालेमा खैलाबैला मच्चिएकाे भन्ने बुझ्न अाएकाे छ ।