You are here
Home > राजनीति > Ycl संग समन्वयन गरेर काम गर्न गृह मन्त्री प्रतिबद्द-भ्रष्टचारी र दलाल काेही बाँकी नरहने ।

Ycl संग समन्वयन गरेर काम गर्न गृह मन्त्री प्रतिबद्द-भ्रष्टचारी र दलाल काेही बाँकी नरहने ।

१४ चैत्र २०७४, बुधबार १२:१४
काठमाण्डौ १४ चैत्र ,गृहमन्त्री ज्युकाे क्वाटर  पुगेका वाईसियल नेपालका केन्द्रिय अध्यक्ष राम प्रसाद सापकाेटाकाे जम्बाे टिम संग घनिभुत छलफल पस्चात नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल )ले अाफुले अब गर्ने कार्य वाईसियलसंग समन्वयन गरेर काम गर्ने प्रतिबद्दता जनाएका छन ।
वाईसियलका महासचिब सुबाेधराज सेर्पाली लगायत केन्द्रिय पदाधिकारीकाे टिमले समसमयिक समाजमा घटेका बिकृति ,बिसंगति ,भ्रष्टचार गतिबिधि ,”बिकास र समृद्धिको बाधक भ्रष्टाचार,दलाल र नोकरशाहीहरुकाे बारेमा संगठनले राखेकाे कुरा पस्चात मन्त्री थापाले जवाफमा अाफु ति सबै कुरामा गम्भिर रहेकाे र वाईसियलकै सहयाेगमा अबको एक्सन तिनीहरुमाथी गरेर देखाउने प्रतिबद्दता जनाएकाे वाईसियलका एक नेताले नेपाल न्युजलाई बताएका छन । समाजवादी कार्यदिशा कार्यन्वयन गर्न अाफुले कुनै कसर बाँकि नराख्ने समेत  बताएका छन । संगठनका अध्यक्ष सापकाेटा र महासचिब सेर्पालीले केहि गम्भिर राष्ट्रिय  प्रस्नहरु समेत मन्त्री थापामाथि तेर्स्याए पस्चात मन्त्रि थापा झन गम्भिर भएकाे उनले थपे । समाचार स्राेतका अनुसार सुशासन र समृद्धिका लागी अाफुहरुले मन्त्री थापालाई सहयाेग गर्ने प्रतिबद्दता समेत जनाएकाे अर्का नेताले बताएका छन ।