You are here
Home > राजनीति > “राष्ट्रनिर्माणमा मगरहरुको योगदान पृथ्वीनारायण शाहको पालादेखि नै हो”–उपराष्ट्रपति पुन

“राष्ट्रनिर्माणमा मगरहरुको योगदान पृथ्वीनारायण शाहको पालादेखि नै हो”–उपराष्ट्रपति पुन

१६ चैत्र २०७४, शुक्रबार १६:१०

काठमाण्डौं,१६ चैत्र,नेपाल मगर संघ केन्द्रिय समिति तथा संयुक्त मगर मञ्चले आज आयोजना गरेको सम्मान कार्यक्रममा बोल्देै सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन(पासाङ)ले “नेपालको हरेक कालखण्डमा मगर समुदयको सहभगिता र परिवर्तनको लागि खेलेको अहम भुमिकालाई विर्सन नहुने”बताउनु भएको छ । नेपालमा गणतन्त्रको स्थापना र नयाँ संविधान आए पनि विभिन्न बर्ग र समुदायहरुले उठाएका केहि कुराहरु संविधानले समेट्न नसकेको होकी भन्ने कुराको आफुलाई पनि भान भएको समेत बताउनु भएको छ ।

कार्यक्रमका सभापति नेपाल मगर संघको केन्द्रिय अध्यक्ष नविन रोक्का मगरले मगरसंघको आधिकारीक धारणा भनेको मगरहरुको भाषिक,संस्कृतिक,भौगोलिक,लगायतको हिसावले छुट्टै मगरात प्रदेश हुनु पर्ने वा भर्खरै मगर संघले सम्पन्न गरेको मगर सम्मेलनबाट पारित २३ बँुदे घोषणापत्रमा उल्लेख भएनुसारको केहि प्रदेश मिलाएर छुट्टै मगरात ल्कस्टर हुनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीमगर,पुर्व मन्त्री बालाराम घर्तिमगर मगर साथै सम्बद्द विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

मगर संघको काठमाण्डौ घोषणा पत्र २०७४